खबर

के नेपालमा नयाँ भेरियन्ट फेला परेको हो ?

२० जेष्ठ २०७८
ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोना भाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु भएको छ।

कतिपयले ‘सनसनीपूर्ण’ समाचार बनाइएको भन्दै खासगरी सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना गरेका छन्। डेली मेल पत्रिकाले छापेको समाचारबारे बीबीसी न्यूज यूकेले पनि चर्चा गरेको छ।

नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट ‘ब्रिटिशहरूको बिदाका निम्ति खतरनाक हुन सक्ने’ सामाचारमा दाबी गरिएको छ।

‘नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशङ्का रहेको’ समाचारमा लेखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म यूकेमा देखिएको अल्फा भेरिअन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको छ।

नेपालमा दोस्रो लहरका क्रममा उच्च सङ्क्रमण दर देखिनुको कारण डेल्टा भेरिअन्ट नै रहेको स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्।

नेपालमा रहेका भेरिअन्टहरू Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) भएको र यी तीमध्ये नेपालमा अहिले सक्रिय रहेको भेरिअन्ट Delta (B.1.617.2) भएको जानकारी विश्व स्वास्थ्य सङ्गठनले सामाजिक सञ्जालमार्फत् दिएको छ।

विविसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button