‘समाचार र विचारको
साझा चौतारी’






जीतेन राईका लोक गीतहरु नेपालको भूगोल र सँस्कृति बोल्दछन्


जीतेन राई नेपाली मौलिक लोक गीतको क्षेत्रमा सम्मानित नाम हो । नेपाली लोक गीत, मौलिक लोक संगीतलाई समृद्ध बनाउन उहाँको योगदान महत्वपूर्ण छ । उहाँका लोक गीतहरुमा लोक जनजीवन, लोक समाजका विशेषता, स्थानीयता गुञ्जन्छन् । नेपाल, विशेषगरि पूर्वी नेपाल जान्नु छ भने जीतेन राईका लोक गीतहरु सुने हुन्छ । वि।सं। २०४० को दशकको पुस्ता उहाँका गीतहरु सुनेर हुर्किए । आजका तन्देरी पुस्ता पनि उहाँका लयहरु सुन्दैछन् र गुनगुनाउँदैछन् ।

गाउँघर, मेलापात, गोठाला, वनपाखा, खेतीपाती, विहे, हाटबजार, जात्रामा गाइने लोकभाकालाई टपक्कै टिपेर गीत बनाउन सिपालु हुनुहुन्छ जीतेन राई । चुपचाप लोक गीत सिर्जना गर्नुहुन्छ । अनावश्यक चर्चा मन नपराउने, सस्तो चर्चाबाट टाढा बस्ने उहाँ आपूm कहिल्यै चर्चामा पुगेको स्वीकार्नु हुन्न। अझैपनि आपूm सडकमै रहेको बताउनु हुन्छ । गीतको मुल मर्मलाई मनन् गर्दै
लोकभाकाको संगीत भर्दै, त्यसलाई प्रशारण योग्य बनाउन गम्भीरतापूर्वक रेकर्ड गराउनु हुन्छ । धैर्यता उहाँको विशेषता हो उहाँ गहन साधना मनपराउनु हुन्छ ।

उहाँ एकताका जनतालाई सचेत बनाउन सामाजिक जागरणका गीत गाउने गर्नुहुन्थ्यो। तसर्थः तत्कालीन पञ्चायत कालमा उहाँलाई मार्नेसम्मको षडयन्त्र बुनिदै गरिएको थाहा पाउनुभयो । पञ्चायतको आँखाको तारो बन्नु भएको थियो उहाँपनि । अनि राज्यको नजरबाट बच्न उहाँ काठमाडौ आएर हराउनु भयो । जीवन निर्वाह गर्न रातीराती काम गर्न थाल्नु भयो । उहाँले रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुभयो । राजधानीमा आइसकेपछि गीत संगीतको क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्यो उहाँलाई । पूर्वतिर जितेन्द्र राई नामले चिनिइसक्नु भएका उहाँले रेडियो नेपालमा भने जीतेन राई नाम लेखाउनु भयो । किनकि उहाँ राज्यको नजरबाट बच्नु थियो ।

जीतेन राई भन्नुहुन्छ, कुनै समय हाम्रै गीत, संगीत, सिर्जनाका
उत्प्रेरणाले राजनीतिमा लागेर धेरै धेरैजना विभिन्न उच्च पदमा पुगेका
छन्, मन्त्री पनि बनिसकेका छन् । उनीहरुले नेपाली गीत, संगीत, लोक गीत र कलाको कदर नगरेको देख्दा दुःख लाग्छ । उहाँ भन्नुहुन्छ, राजनीतिमा लाग्नेहरु र पदमा पुग्नेहरुले कलाकारहरुको शोषण मात्र गरिरहेका छन् ।

बिनायो कथानक चलचित्र निर्माण गरेर श्रोता तथा दर्शको मनमा उच्च स्थान बनाउनु भएका जीतेन राईले लामा, छोटा थुप्रै अडियो भिडियो चलचित्र र डकुमेन्ट्री समेत निर्माण गर्नु भएको छ । जसले नेपाली लोक गीत, लोक संगीत र लोक सँस्कृति जगेर्ना अभियानमा ठूलो टेवा पुगेको छ । हजारौँ गीतहरुमध्ये, घामै छाँयाले, पुर्वै धरान, साउने भेल उर्लेर आउँदा भाकाहरु र सुनकोशी सलल तर्ने कसरी, बरैको छाँयाले, मालिङ्गो काटिनी लैलै बिनायो आदि लोक भाकाहरुका गीतहरु उहाँका पछिल्ला गीतहरु हुन् । प्रस्तुत छ गायक तथा संगीतकार जीतेन राईसँग गरिएका कुराकानी ।

—१० तपाईको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल पहाडमा बितेको हो । पहाडका उकाली, ओराली, देउराली, भन्ज्याङ्ग, चौतारी, घरआगन, खेतबारीमा खेल्दै, दगुर्दै, लड्दै पड्दै बित्यो । गोरेटाहरुमा हिँड्दै गाउँघर,वनपाखा, खोलानाला, हाटबजार चहार्दै बिते मेरा बालशुलभ दिनहरु । बाह्रतेह्र वर्षको हुँदो हुँ, हामी सपरिवार मधेश झापा झरेका हौँ । अरुहरुलेजस्तै धानको भात, मीठो स्वादको जाउलो खानका लागि मेरा बुबाले हामीलाई झापा ल्याउनु भएको थियो । त्यसबेलामा मेरा बुबाले स्थापना गर्नुभएको श्री गंगावा प्राथमिक विद्यालयमा पढेको हुँ । अहिले त्यो स्कुलनारायणी मावि भएको छ। माध्यमिक तहको भएको छ ।

—२० तपाईको पारिवारिक विवरण बताइदिनुहुन्छ कि ?
मेरो जन्म वि।सं। २०१४ मा भएको हो । मेरा बुबाआमा बितिसक्नु भो । उहाँहरुका सन्तान हामी आठजना हौँ। दुई दिदी र दुई बहिनी । एक दिदी बितिसक्नु भो । चार छोराहरुमा म जेठो हुँ । अरु झापातिरै छन् । म चाहिँ अहिले परिवार सहित ललितपुरमा बस्छु । मेरो आप्mनो चारजनाको परिवार छ । म, श्रीमती, छोरा र छोरी । छोराले उच्च
शिक्षा पूरा गरिसके भने छोरी पढ्दैछिन् । श्रीमतीले किरात मुन्धुममा
पिएचडी सक्नै लागेकीछन् ।

—३० गीत संगीतप्रति कहिलेदेखि र कस्को प्रेरणाले लाग्न मन लाग्यो?
बाल्यकाल नेपालको पूर्वी पहाडमा बित्यो । त्यसैले पनि सानैदेखि मानसपटलमा त्यहाँकै प्रभाव प¥यो होला । पहाड, गाउँले वातावरण, त्यहाँ बजाइने तिनै मादल, ढोल, च्याबु्रङ, बिनायो, मुर्चुङ्गा, वनमा रुखका पात आदिका मीठा धुन मेरा कानमा ठोक्किए । तिनैले मेरो मनमस्तिष्क भरियो । तिनै बाजाहरु देखेँ त्यसैले तिनै कुराहरुमा आकर्षण बढ्यो । तिनै बाजा, भाका, शब्दहरु टिप्ने, गाउने र तिनैमा नाच्ने कोशिश गरियो । पे्र्ररणाकै रुपमा भन्नुपर्दा, निश्चय पनि बुबाआमा हुनुहुन्छ । आमाबाबुले जे सिकाउनु भयो या
जे भाका सुनाउनु भयो, जे बाजा देखाउनु भयो, बजाउन दिनुभयो तिनै कुरा सिक्दै आएँ । अनि पहाडी जनजीवन, मेलापात, घाँस, दाउरा, वनपाखा, हाटबजार र मेलाजात्रामा जे गीत, संगीत सुने त्यसैबाट प्रभावित भएँ ।

— सानोमा बुझेको गीत संगीत र अहिले आएर बुझेको गीत संगीत के रहेछन् ?
ब्याख्या गर्ने हो भने त धेरै कुरा आउँलान् । हिजो जसरी बुझियो
स्वाभिकरुपमा रमाइलो र मनोरन्जनका रुपमा बुझियो । बाल मनोविज्ञानले त्यही बुझ्यो तरपनि बाल्यकालमा सुनेका, देखेका, बजाएका र गाइएका गीत संगीतको सम्झना ताजै छन् । त्यसैले होला पछिसम्म अर्थात अहिलेसम्म पूर्वी नेपालको पहाडी गीत संगीत, लोक गीत नै मेरो रुचीको विषय रहिरह्यो । मेरा सिर्जनाहरुमा त्यही झल्किन्छन् । म उनैकुराहरु खोजीरहेको हुन्छ । उनैकुराहरु खिपिरहेको हुन्छ र सुनाइरहेको हुन्छ ।

अहिले आएर बुझेको कुरा के हो भने, गीत संगीत भनेको त्यतिमात्र होइन रहेछ । यो त वृहत रहेछ । गीत संगीत मनोविज्ञान पनि रहेछ । यसले धेरै कुरा सम्प्रेषण गर्र्दोरहेछ । विचार र मनोभावहरु समेत सम्प्रेषण गर्दो रहेछ । गीत संगीतका माध्यमबाट आफ्ना कुरा या पन या दृष्टिकोण व्यक्त गर्न सकिने रहेछ । यसका माध्यमबाट धर्म, सँस्कृति, चालचलन, रीतिरिवाज, चाडपर्व, जीवनजगत, इतिहास आदि बुझाउन सकिने रहेछ। गीत संगीतको सानो आकारको शब्द,
संगीतले धेरै कुरा बताउन सकिने रहेछ । समाजका कुरीती, विसंगती, अज्ञानता हटाउन र समाजलाई परिवर्तन गर्न सद्मार्गमा हिँडाउन सकिने रहेछ । विगत र वर्तमानलाई मनन गर्दै राम्रो भबिष्य बनाउन सकारात्मक र गहिरो सन्देश दिन सकिने रहेछ। सचेतना, उत्प्रेरणाको स्रोत हो रहेछ गीत, संगीत । समग्रमा हेर्ने हो भने मानिसको जीवनमा निकै ठूलो अर्थपूर्ण पक्ष र विषय रहेछ गीत, संगीत । त्यसरी बुभ्mदा हामीलाई राम्रो हुन्छ होला भन्ने मलाई लाग्दछ ।

—तपाईका संगीतका गुरु को थिए र तपाईले पनि ककसलाई गीत संगीत सिकाउनु भयो?
शुरुमा भुँइ फुट्टा नै हुँ म । बाल्यकालदेखि अहिलेसम्म जे देखेँ,
सुनेँ, अनुभूति गरेँ, अभ्यास गरे र सिर्जना गरेँ तिनै मेरा गुरु हुन् ।
समाजमा जे अनुभूति गर्ने मौमा मिल्यो त्यही कुरा सिक्दै आइयो । सामाजिक रुपमा नै सिकेर आइयो । गाउँघरमा, मेलापातमा, हाटबजारमा, जात्रामा र स्कुलमा जतिपनि गीत संगीत गाइन्थे, बाजा बजाइन्थे तिनैकुरा सिकेर आएँ ।
पाँचथरमा जन्मे हुर्केकाले त्यहीँको जनजीवन, लोकजीवन सिकेँ । किशोरावस्था सकिँदै गर्दा र युवावस्था लाग्दै गर्दा झापा झरियो । शीवगञ्ज झापाको श्री जन आदर्श माविबाट एसएलसी गरेको हुँ । झापाको विद्यार्थी जीवनकालमा जे देखियो, सुनियो, गाइयो त्यही नै सिकेर आइयो । पछि धरानमा कलेज पढ्न आइयो । फराकिलो वातावरण पाइयो । विभिन्न बाजागाजा बजाउन पाइयो। धरानकोसांगीतिक गतिविधि हेर्न र सामेल पनि हुन पाइयो । धरान गीत संगीतका लागि निकै उर्वर ठाउँ हो रहेछ । साथीसंगीको दायरा बढ्यो । गीत संगीतका प्याटर्नका कुरा सुन्न र जान्न पाएँ । सांगीतिक ज्ञान बढ्यो । ज्ञान आदानप्रदान गर्न पाएँ । हुँदाहुँदा त म संगीत सिकाउने क्षमता राख्ने भएँ ।

धरानको बाँझोगह्रामा रहेको श्री ज्ञान चक्षु विद्यालयमा संगीत सिकाउने अवसर मिल्यो । जहाँ दृष्टिविहीन भाइबहिनीहरु पढ्दथे । उनीहरु धेरैलाई मैले आपूmले जानेको संगीत सिकाउने मौका पाए । उनीहरु अहिले राम्रो शीपविकास गरी राम्रो स्थानमा पुगेका छन् । विशेष गरी भाइहरु उच्चश्रेणीका कलाकार भएका छन् । यसबाट पनि धेरै उत्साह, जोश जाँगर चल्दो रहेछ। काठमाडौमा आएपछि पनि धेरैधेरैजनालाई सिकाएँ। मैले पनि अझ धेरै सिक्ने अवसर पाएँ । अग्रज कलाकारहरुबाट धेरै कुरा सिक्ने अवसर पाएँ । संगीत
विषयमा मास्टर्ससम्मको औपचारिक शिक्षा लिएँ । यहाँ आएपछि गीत संगीतको ठूलो आकाश या क्षितिज पाएँ ।

— तपाईका गीत, संगीतले विशेषगरि के प्रतिविम्वित गर्दछन्, जस्तै स्थान विशेष, सँस्कृति विशेष, भाषा विशेष या अरु धेरै?गीत संगीतका विषयहरु निरपेक्ष हुन्छ । धेरैधेरै विषयमा गीत सिर्जना गर्न सकिन्छ । गीत रचनाभएजस्तै संगीत पनि रचना हो । समाजका विभिन्न परिघटना, आयामहरुलाई खिपेर संगीतका लय, मुर्छना, सुरहरु निकाल्न सकिन्छ । स्थान विशेषलाई ध्यान दिएर
वर्णन गर्न सकिन्छ । परिवेशहरुलाई आधार मानेर संगीत गर्न सकिन्छ । संँस्कृति गीतसंगीतको एक पाटो हो । त्यसैले सँस्कृतिकाबारे गीत, संगीतले जस्तो अरुले सायदै भन्न सक्छन् । नेपालभित्रका विभिन्न भाषामा गीत, संगीत सिर्जना भएका छन् । यीनका माध्यमबाट नेपालको बहुल या विविध भाषाबारे बताउन सकिन्छ । भूगोलको हिसाबले पनि बिबिधता छ । भेषभुषा विभिन्न छन् । तराई, पहाड, हिमाल छन् । बिबिधतालाई टिपेर, तत् क्षेत्रको बिबिधताबारे
संकलन गरेर शब्द र संगीतमा सजाउन सकिन्छ । त्यही ठाउँको थातथलो, चलनलाई ध्यानमा राखेर चिनारी गराउन सकिन्छ । स्थान र क्षेत्र विशेषका शब्द, लय र गाउने चलन भिन्नभिन्न हुन्छन् ती बहुलपनलाई गीत, संगीतका माध्यमले सन्देश दिन सकिन्छ । मेरो गीत, संगीतले पनि यीनै कुरा प्रतिविम्वित गर्दछन् भन्ने मलाई लाग्दछ । भिन्नभिन्न ठाउँका भिन्नभिन्न कुरा व्यक्त गर्न सकिन्छ । माया पिरती लाउन व्यक्त गरिने तरिका ठाउँअनुसार भिन्नभिन्न हुन सक्छन् । गीत संगीतका माध्यमबाट भिन्नभिन्न तरिकाले माया पिरती व्यक्त गरिन्छन् । यी कुरा, गीत संगीतका सुन्दर पक्ष पनि हुन् ।

— तपाईले आधुनिक र राष्ट्रिय गीत कम गाउनु भएको महसुस हुन्छ, कारण के होलान् ?
मैले गाएका सबै गीत राष्ट्रिय गीत हुन् । राष्ट्रमा रहेका पूर्वदेखि पश्चिम महाकालीसम्मका, त्यहाँ बस्ने बासिन्दाहरुले बोल्ने भाषामा गाइने गीत सबै राष्ट्रिय गीत नै हुन् । हिमालदेखि तराईसम्मका भुगोलका विशेषता या गुणगान गाइएका, माटोका गीत, जनजीवनका गीत र ती भित्र रहेका सबै जातजातीका सबै गीत हामीले गायौँ भने ती सबै राष्ट्रिय गीत हुन्छन् । यीनमा राष्ट्रकै कुरा हुन्छन् । हिजोका दिनमा महेन्द्रीय राष्ट्रियताको वातावरण थियो । राजामहाराजा हुनुपर्ने, राजामहाराजा र रानीमहारानीका जयगान गाउनुपर्ने बाध्यता थियो, रैतीले राजाको गुणगान गाउनु पथ्र्यो र तिनै र त्यस्तैखाले गीतलाई राष्ट्रिय गीत भनिन्थ्यो । त्यहाँदेखि नै राष्ट्रिय गीत संगीत भन्न थालियो ।

हिजोका ब्याख्या अनुसार गीत संगीतको क्याटागोरी छुट्याइएको थियो । राष्ट्र गान, राष्ट्रिय गीत, लोक गीत, आधुनिक गीत, माया पिरतीका गीत, वातावरणीय गीत, चेतनामूलक गीत, मानव अधिकारवादी गीत, विकासका गीत, परिवर्तनका गीत, जागरण गीत, क्रान्तिकारी गीत, आदि भनियो । मैले पनि यी सप्पै परिभाषाका गीत गाएको छु । तर जुन गीत संगीतले राष्ट्रको विशेषताहरु प्रतिविम्वित गर्दछन् ती राष्ट्रिय गीत हुन् । मेरा गीतहरुमा राष्ट्रका विशेषताहरु झल्कन्छन् त्यसैले मेरा गीत, संगीत राष्ट्रिय गीतहरु नै हुन्। मेरा गीत संगीतहरुले देशको माटो, भूगोल, इतिहास, वातावरण, पर्यावरण, खोला नाला, वन पाखा, मेलापात, गाउँठाउँ, हाटबजार, धर्म, सँस्कृति,चाडपर्व, रीतिथिती, परम्परा, जात्रा, भाषा आदि बोल्छन्, देशकै बारेको कथा र सन्देश प्रवाह गर्दछन् । त्यसैले मेरा गीत राष्ट्रिय गीतहरु हुन् । मैले जत्तिको धेरै भाषाभाषीको गीत अरुले सायदै गाएका होलान् । भाषाका गीत पनि राष्ट्रिय गीत हुन् ।

अब रह्यो आधुनिक गीतको कुरा । नेपालमा आधुनिक गीत गाउनेहरुचाहिँ अब्बल हुन् र लोकगीत गाउनेहरु होइनन् भन्ने मान्यता विकास भएको छ । आधुनिक गीतले माया पिरतीका कुरामात्र गर्छन् तर लोक गीतले देश नै बोल्दछ । लोक गीतले माया पिरतीका कुरा गरेपनि लोकजीवनमा आधारित भएर कुरा गर्छ । लोक गीत देश, समाजको सुगन्ध हो । अनि कसरी लोकगीतका कलाकारहरु कमसल रु

आधुनिक गीतचाहिँ सम्भ्रान्त र शिक्षितहरुको भन्ने जस्तो मान्न थालियो ।तीनै ब्याख्यामा भएका गीतहरु पनि मेरा प्रसस्तै छन् । मैले पनि आधिुनिक गीत कम्पोज गरेको छु तर लोक समाजबाटै मुखरित भएका लोकगीत, अन्य गीतहरु बढी गाएको छु । नेपालका संगीत समाजले तयार गरेका, ती मापदण्डका गीतहरु जस्तै, लोकगीत, आधुनिक गीत, बालगीत, वातावरणगीत, मानवअधिकार गीत, भाषा
भाषीका गीत छन् । ती मैले पनि गाएको छु । सँस्कृतिका गीत, माया पिरतीका गीत, सबै खालका गीत गाएको छु । जनसमाजले निर्धारण गरेका, समाजमा मान्यता विकास भएर आएका तीनै भावनाका गीत मैले टिप्छु, गाउँदै आएको छु । तर लोकजीवन, लोकसमाजले खिपेका शब्दहरु म टिप्छु । जनसमाजलाई सुहाउँदो गीत
सिर्जना गर्छु । जनसमाजलाई मनपर्ने गीत, समाजकै ताल, भाका र बाजायुक्त गीतहरु मेरा अधिक छन् । यद्यपि अरु गीत पनि मेरा धेरै छन् ।

—८० नेपाली गीत संगीतले विशेष गरी लोक गीतले नेपाली समाजलाई के दिन्छन् र दिइरहेका छन् ?
लोकजगत, लोक परिवेश, लोक सँस्कृति मिलेर लोक समाज बनेको
हुन्छ । लोक गीत नेपाली समाज रहिन्जेल रहिरहन्छन् । लोक भनेको तपाईहामी रहेको समाज हो । लोकसमाजबाट उठेका गीत नै लोक गीत संगीत हो । हाम्रा सबै कुरा लोक दर्शनमा आधारित हुन्छन् । तिनैलाई हामीले लिने र दिने कुरा हुन् । हाम्रा जीवन भोगाई, लोक संस्कृति, राजनीति, चलन र बहुलसमाजका अभ्यासहरु
आदि कुरा लोक गीतका माध्यमबाट अरुलाई भन्न सकिन्छ । संसारलाई हामीले देखाउने, दिने भनेकै लोकसमाजकै कुरा हुन्। लोकजगतकै कुरा संसारमा पैmलाउन सक्यौँ भने हामीलाई गर्व हुन्छ । नेपालको बिबिधताबारे संसारलाई देखाउन सकियो भने नेपाली हुनुको कर्तव्य ठहरिन्छ ।

गीत संगीतले समाजमा भएका विविध खालका कुसँस्कृतिहरुलाई निराकरण गर्न पनि सकिन्छ र असल चालचलन निर्माण गर्ने, समाजलाई सही मार्गमा डोह्राउने, सबैको सहअस्तित्व कायम राख्ने, चेतना प्रवाह गर्ने गीत संगीत या लोक गीतले नै हो । सही चिन्तनको विकास, सुसभ्य समाज निर्माण गर्न सकिन्छ । नेपालको सम्पदाहरुबारे संसारलाई जानकारी दिइ लाखौँ पर्यटक आकर्षण गरि
देशका लागि धन कमाउन सकिन्छ । लोक गीत, संगीत र साहित्यको माध्यमबाट देशका लागि ठूलो योगदान दिन सकिन्छ र दिइरहेका छन् । यीनै कुराहरु मैले पनि गीत संगीत विशेष गरि लोक गीत संगीतका माध्यमबाट नेपाली समाजलाई केही दिने कोशिश गरेको छु । यो अभियान जारी नै छ ।

— गीत संगीतले तपाईलाई के दियो ?
गीत संगीतबाट मैले केही लिने होइन ।अनुभूति लिने हो । बरु मैले चाहिँ धेरै कुरा दिने हो । गीत संगीतले सबैलेआनन्दको अनुभूति प्राप्त गर्दछन्। गीत संगीत सजिलै र बढी सम्प्रेषणीय हुन्छन् । सुसँस्कृत, सुसभ्यता जस्ता कुराहरु गीत संगीतबाट पाइने चिज हुन् । गीत संगीतका माध्यमबाट कसैले नाम कमाएका होलान्, कसैले इज्जत कमाए होलान् । मान र दाम पनि कमाए होलान् । कसैले केही कमाएनन् पनि होलान् । म जुन अवस्थामा छु त्यसैमा म खुशी छु, आनन्दित छु । श्रोता तथा दर्शकहरुले मेरा गीत संगीत, लोक गीत संगीतलाई, सिर्जनालाई र कामलाई मन पराइदिनु भएको छ । मेरा सिर्जनालाई लाखौँले सुनिदिनु भएको छ । मेरा गीतहरु सुन्दै छमछमी
नाच्नु भएको छ । मलाई श्रोता तथा दर्शकले जुन स्थानमा राख्नु भएको छ म त्यसैमा खुशी छु । मलाइ यही लाग्छ ।

—तपाई किराँत सँस्कृतिबारे जानकारका रुपमा पनि चिनिनु हुन्छ किराँत सँस्कृति के हो र देशमा यसको कति महत्व छ ?अनि किराती सँस्कृति, कला, संगीत, भाषा र भेषभुषाले देशलाई कस्तो चिनारी दिन्छन् रु किरात सभ्यता यो मुलुकमा एक अखण्ड, अक्षुण रही आएको छ सभ्यता हो । प्राचीन इतिहास हो । पहिलो राजा यलम्वर थिए । किरात शासनकाल नै हो नेपालमा सुव्यबस्थित राज्य
व्यबस्था शुरु गर्ने र विकास गर्ने । किरात सभ्यता धेरै ठूलो छ । किरात ठूलो भूगोल हो । वल्लो, माझ र पल्लो किरात भनेर सबैलाई थाहा छ । तर यतिमात्र किरात भूगोल होइन । यसको दायर ठूलो छ । किरात महाजाति हो । किरात महासभ्यता हो । किरातमा विविधता पनि छन् । किरातभित्र राई, लिम्बु, याक्खा, सुनुवार, हायु, जिरेल, सुरेल, थामीहरु पर्दछन् । उहाँहरुले आपूmहरुलाई किरात हौँ भनेर किरातमा आबद्ध गरिसक्नु भएको छ । मगर, गुरुङ, तामाङ, थारु, नेवारहरुले किरात हौँ भनेर खुल्लारुपमा स्वीकार गरेर नआएतापनि उहाँहरु पनि किरात हो भनेर इतिहासले भनिसकेको छ । नेपाली समाज बुभ्mन किरात सभ्यता बुभ्mनु पर्छ । किरात सम्यताले देशको धर्म, सँस्कृति, भाषा, भेष, खानपान, रहनसहन, चलन र परम्परा आदि बुझाउँदछ ।
किरात तथा किरात दर्शनलाई अलग गरेर, पाखा लगाएर यो देश अर्थात नेपाल बुझिँदै बुझिँदैन । किरात सभ्यताले देशलाई चिनाउँदछ । किरात सभ्यताभित्र समृद्ध, परिष्किृत गीत संगीत, लोक गीत, कला, भाषा, लिपि, साहित्य,सँस्कृति र सम्पदाहरु छन्। यी सब नेपाली सम्पदा हु्न् ।

मुन्धुम, किरातहरुको महत्वपूर्ण दर्शन शास्त्र हो । मुन्धुमले
किरातहरुलाई मार्गदर्शन गर्दछ । मुन्धुम नेपालमात्र होइन विश्वकै अमूल्य सम्पदा हो । जो लिखित रुपमा पाइदैन केवल किरातहरुको मनमस्तिष्क र जनजिब्रोमा कण्ठस्त छन् । किरात श्रुती परम्पराले देश चिनाउँछ । किरात भेषभुषाले विदेशमा समेत नेपाल र नेपाली भनेर चिनारी दिन्छन् । किराती मौलिक परम्परामा मुन्धुममा रहेका रिसिया किरातको गायन या लय अर्थात मुर्छना नेपालको मुलधार हुन् । नेपाली संगीतको जरो हो नेपालमा बाहिरबाट आएका, भारत या पश्चिमबाट आएका संगीतलाई नेपाली संगीत भनिने गरिएको छ तर किरात नभइ नेपाली संगीत चिनिदैन भनेर बिर्सन हुँदैन । किरात
बिर्सियौँ भने त नेपाल चिनिदै चिनिदैन ।

मलाई पनि किरात सँस्कृतिविद भनेर चिनारी दिने गरिन्छ । तपाईले भनेको कुरा केहीहदसम्म सही नै छ । म किरात सभ्यताका बारेमा धेरथोर जानकार नै छु । हामीले हाम्रो कुरा जान्नु पर्छ पनि । हामीले प्रयास नगरे कसले गर्ने रु
किरात सभ्यता नजानीकन किरात गीत संगीत र नेपाली मौलिक लोक गीत संगीत जान्न सकिन्न । सिर्जना गर्न पनि सकिन्न । यीनै हुन् किरातका थुप्रै आयामहरुले देशलाई कस्तो चिनारी दिन्छन् भन्ने कुरा ।

तपाई विभिन्न कार्यक्रमका लागि या अवसरमा पूर्वी पहाड गइरहनु हुन्छ, पहिला र अहिले के भिन्नता पाउनु हुन्छ ?
पहाड मात्र होइन तराई पनि गईरहन्छु । स्वभाविक हो कि, पहिले गोरटो बाटाहरु थिए अहिले मोटर गुड्ने बाटाहरु छन् । गाडीहरु पुगेका छन्। पहिला पहिलाका किरात मौलिक घरहरुका
ठाउँमा नयाँ आधुनिक खालका घर बनेका छन् । चालचलन, लवाईखवाई, भेषभुषा आदिमा केही परिवर्तन देखा परेका छन् । यी स्वभाविक नै हुन् । हिजो जस्तै रहिरहनु पर्छ भन्ने केही छैन तर हाम्रा पुराना मौलिक परम्परा र सम्पदाहरुमाथि अतिक्रमण हुनुले चाहिँ अलि मन खल्लो हुने रहेछ तर किरातहरु उत्तिकै चेतनशील पनि छन् । आफ्ना मौलिक परम्परा, सभ्यता र सम्पदाहरुको संरक्षण, विकास र प्रसारमा सचेत भएर जुटेकै पाएको छु । ठाउँ ठाउँमा स्मारकहरु स्थापना गरिएका छन् । यो निकै गर्वको कुरा हो । यस्तो कामले किरात मात्र होइन नेपालकै समग्र मौलिक कुराहरु संरक्षित हुनेकुरामा ठूलो टेवा पुग्दछ । अनि नयाँ नयाँ चिन्तनको विकास भएका छन् । समाज शिक्षित भएका छन् । समय परिस्थिति अनुसार आफ्नोपन जोगाउँदै किरात समाज अघि बढिरहेको पाएको छु ।

— त्यस्तै गरी विदेशमापनि प्रस्तुती दिन गइरहनु हुन्छ ?उता नेपाली संगीत र लोकगीतको अवस्था कस्तो छ ?जहाँ जहाँ नेपाली, नेपाली जगत, नेपाली लोकजीवन, नेपाली दर्शन पुगेका छन्, त्यहाँ नेपालीपन पनि जिवित हुन्छन् ।
विदेशमा पनि नेपाली लोक धुन, लोक गीत, संगीत, मुर्छना, भाखाहरु
गुन्जन्छन् । अनि रीतिथिती, भाषा, भेष, लोक साहित्य पुगेकै छन् हामी जहाँ पुग्छौँ हाम्रो चालचलन आदि पुगेकै हुन्छन् । केही भिन्नता भएपनि नेपालीपन अपनाइरहेका हुन्छौँ । विदेशमा नेपाली गीत संगीतलाई अझ धेरै माया गरेर गुनगुनाइने, नेपाली लय र तालमा छमछमी नाच्ने गरेका पाइन्छन् । हाम्रा चाडपर्व व्यक्तिगत, पारिवारिक, समूहगत या वृहत कार्यक्रम गरेर नाइने गरेका पाइन्छन् । विदेशमा रहेका नेपालीहरुबीच भेटघाट, स्वागत, सत्कार, मानमानिता, सम्मान, गर्ने चलन निकै राम्रो रहेको पाएको छु ।

जहाँसम्म नेपाली लोग गीतको कुरा छ । सबैभन्दा पहिला त नेपालीहरुले लोक धुन नै अपनाउँदछन् । खुट्टा अघि नै थाहै नपाई नेपाली लय, ताल र धुनमा उचालिइ सक्छ । नेपाली लोकगीत विदेश नपुग्ने कुरै भएन । झन् लोक गीत संगीत, नृत्य अगाडि अगाडि नै पुगेको पाइन्छ । नेपालमा कुनै लोकगीत रिलिज भयो कि विदेशमा कतिचाँडो पुगिसक्छ । यस मानेमा लोकगीतको क्षेत्रमा काम
गरेकामा मलाई गर्व लाग्छ । जुनजुन ठाउँमा नेपाली पुगेका छन् त्यहाँका कानुन, भाषा, भेष, चलन, मान्यताका साथै गीत संगीत पनि मान्नु पर्ने भएकोले नेपाली संगीत, लोकगीत आदिको महत्व झन् बढेको देख्छु त ।

— नेपालको सबै भाग उत्तिकै महत्वपूर्ण छ तर पूर्वेली सँस्कृति किन अरुभन्दा अब्बल छ ?
हामीले सिङ्गो नेपालको परिप्रेक्षमा हेर्नुपर्छ । हामीले
समस्त नेपाल र नेपाली सभ्यतालाई सम्मान गर्नुपर्छ । कुनै एक
क्षेत्रलाईमात्र पक्षपाती भएर मनन् गर्नुु हुन्न भन्ने मलाई लाग्छ । तर,
मानिसको प्राकृतिक स्वभाव अनुसार आपूm जन्मे, हुर्केबढे, पढे र जीवन सिके त्यहाँका प्रति अलि बढी लगाव हुन्छ नै । त्यस हिसाबले मलाई पनि पूर्वी नेपाल छिटो सम्झना आउँछ । म यसोमात्र भन्छु, पूर्वको हुनाले नेपालको पूर्वेली सभ्यता, संस्कृति अलि बढी मनपर्नु स्वभाविकै हो । पूर्वतिरको हावापानी, खोलानाला, संस्कृति, सभ्यता, वनजंगल, जीवनशैली, जीवन यापनप्यारो लाग्छ । अनि मलाई नेपालको सबै ठाउँका सँस्कृति असाध्य मन पर्छन् ।
विशेषतः सबै ठाउँका मान्छेले सबै ठाउँका कुराहरु मन पराउनु पर्छ । मलाई मध्य, पश्चिम, मध्यपश्चिम, सुदूर पश्चिम सबै ठार्उँका सभ्यता, सँस्कृति रगीत संगीत मन पर्छन् । सबै ठाउँ उत्तिकै अब्बल छन् । मेचीदेखि महाकालीसम्म, हिमाल देखि तराईसम्म बसोबास गर्नुहुने जनसमुदाय, समाज, ठाउँ, परम्परा, सम्पदा आदि सबै प्यारो लाग्छ ।
— तपाईले त केही लामा छोटा फिल्म पनि निर्माण गर्नु भयो । त्यसबारे केही बताइदिनु हुन्छ कि ?
कथानक चलचित्र बिनायो बनाएँ । सिनेमा हलमा प्रदर्शन गरेनौ तर दुईघण्टा दशमिनटको यो फिचर चलचित्र सबैभन्दा बढी
च्यारिटी सो गरिएको चलचित्र भन्न पाउँदा गर्व लाग्छ । बिनायो नेपाल
चलचित्र विकास बोर्ड, सूचना संचार मन्त्रालय, नेपाल सेन्सर बोर्डबाट
युनिभर्सल सर्टिफिकेट प्राप्त चलचित्र हो । यसको कथा किरातको मिथकीय परम्परामा आधारित छ । नेपालको काठमाडौदेखि पूर्वतिर अधिक प्रदर्शन भएको छ । विदेशमा पनि प्रदर्शन गरिएको छ । स्वदेश तथा विदेशमा अत्यधिक रुचाइयो बिनायोलाई । यूटुबमा गएर यसबारे दर्शकहरुले व्यक्त गर्नुभएका प्रतिक्रियाहरुबाट पनि यसको विशेषताबारे थाहा पाउन सकिन्छ । किरातलाई त प्यारो नै लाग्छ तर गैर किरातीहरुबाट पनि अत्यन्त सह्राना गरिएको छ ।
मनपराइएको छ । बिनानो मेरो परिकल्पना, स्क्रिप्ट राइटिङ्गमा, रोशन
चाम्लिङ्ग र मैले निर्माण गरेका हौँ । बिनायो बाहेक थुप्रै म्यूजिकल
भिडियो पनि बनाएको छु । बलिहाङ, रछेनहाङ, साकेला, नौलखा आदिबारे विभिन्न छोटा, छोटा म्यूजिकल डकुमेन्ट्रीका रुपमा पनि धेरै निर्माण गरेको छु ।
— अहिलेसम्म कति गीत गाउनु भयो, संगीत गर्नुु भयो, केही गीतहरुका बोलहरु पनि भनिदिनु हुन्छ कि ? हजारौँ गीत गाएँ, हजारौँ संगीत गरेँ, व्यबस्थितरुपमा रेकर्ड राख्न सकिएन । कति आफ्नै गीत गरियो, कैयन अरुका गीत गरियो । धेरैधेरै भएकाले टिपेर राख्न सकिएन । साध्यपनि भएन । शुरु शुरुमा लोकसमाज, लोक साहित्य, लोक दर्शन, लोक जीवनलाई टिपेका गीतहरु छन्ज स्तै अरणै तरेँ, मालिङ्गो काटेनी, उराठै लाग्छ नी, साउने भेल, उड्दै आयो, मट्टीको कसम, नानाछापारी, गाई जौबारीमा, सलल पानी । अरु थुप्रै थुप्रै गीत गाइयो । म्यूजिक नेपालको यूटुब च्यानलमा, जुकबक्स आदिका यूटुब च्यानलमा मेरा अनगिन्ती गीत छन् । जीनेत राई नामको मेरो आफ्नै अफिसियल यूटुब च्यानल छ । त्यसमा पनि मेरा धेरै गीतहरु अपलोड गरेको छु । मैले अग्रज, पुराना स्थापित स्रष्टाहरुका गीत संगीत गाएको छु । समकालीन र नयाँ
पुस्ताका पनि सिर्जनाहरु गाएको छु । यहाँ उल्लेख गर्दा लामो हुनसक्छ । मैले कति गीत संगीत गरेँ भनेर जान्न म पनि यूटुब र अनलाईनजस्ता माध्यममा चहार्ने गर्छु ।

— तपाईले अहिलेसम्म कहाँ कहाँ संगीत क्षेत्रमा काम गर्नु भयो र, त्यहाँ के योगदान गर्नु भयो ? मुख्यतः रेडियो नेपालमा शुरुमा म्यूजिसियनका रुपमा काम गर्ने अवसर पाएँ । पछिपछि संगीत निर्देशकका रुपमा पनि काम गर्ने मोका पाएँ । अस्थायी रुपमा भएपनि त्यहाँ दशबाह्रवर्षसम्म
काम गरेको हुँ । पछि आफ्नै रेकर्डिङ्ग स्टुडियो संचालन पनि गरेँ। त्यसका अलावा धेरै ठाउँमा काम गरियो, सघाइयो । पाँचतारेसम्मका होटलहरुमा संगीत निर्देशकको रुपमा काम गरेँ धेरै सांगीतिक कार्यक्रम संचालन पनि गरेँ । लामो अवधिको चाहिँ रेडियो नेपालमै गरियो । रेडियो नेपालमा रहँदा अग्रज कलाकारहरुबाट धेरै कुरा जान्ने मौका पाएँ । रेडियो नेपालको संगीत सम्बर्धन समितिको सदस्य सचिवसम्म रहेको थिएँ । रेडियो नेपालको कलाकारको
हकमा विभिन्न तहमा स्तरोन्नति हुँदै विशिष्ट हुँदै प्रतिष्ठित श्रेणीको
गायक कलाकारका रुपमा आपूmलाई विकास गर्न सक्षम भएँ । नेपाली संगीत सुधारको अभियानमा काम गर्ने मौका पाएँ । मैले एक गीतको रु। ४० पारिश्रमिक पाउँथे । त्यहाँबाट बढ्दै प्रतिष्ठित श्रेणीमा पुग्दा ६, ७ सातसयसम्म पाएको थिएँ । अहिलेको तलबमान त सबैलाई थाहा नै छ कति धेरै छ रु सरकारी जागिर पाउन मानिसहरु कति मरिहत्ते गर्छन् रु तर उबेलाको तलबमान अनुसार त्यति पारिश्रमिक मनाशिबै थियो भन्ने मलाई लाग्छ ।

— तपाई कसलाई नेपाली गीत संगीतको आदर्श मान्नु हुन्छ, लोक गीत र खासगरी पूर्वेली लोकगीतका आदर्श कसलाई मान्नु हुन्छ ? लोकसमाजलाई म आदर्श मान्दछु । लोकसमाज, लोकजीवनले दिएका, अपनत्वबोध गराएका आदिबाट म प्रभावित
भएँ । रेडियो नेपाल २००७ सालमा स्थापना भएसँगै भोजपुर, बिराटनगर हुँदै काठमाडौमा स्थापना भएपछि राष्ट्रिय प्रशारण हुन थाल्यो । शुरुमा तारादेवी, नातिकाजी देखि अग्रजका गीतहरु प्रशारण हुँदा उहाँहरुबाटै प्रभावित भइयो । उहाँहरुलाई म सम्मान गर्दछु । उहाँहरुको गीत संगीत सुनेर मैले आप्mनो दृष्टिकोण बनाएँ होला भन्ने लाग्छ मलाई । म भन्दा अगाडिका आदरणीय, कलाकारहरुलाई म उच्च सम्मान गर्दछु । मेरा समकालीन र नयाँ पुस्ताका कलाकारलाई पनि म सम्मान गर्दछु

मेरा आमाले मादल बजाउनु हुन्थ्यो । बुबा भारतमा पल्टने हुनुहुन्थ्यो ।उहाँले आधुनिकबाजा हारमनी ल्याउनु भएको थियो । त्यो भन्दा अगाडि त गाउँघरमा मादल, ढोल, झ्याम्टा, च्याब्रुङ, बिनायो, मुर्चुङ्गा, मुरली,बाँसुरी, चरीबाजा, यलम्वर बाजा, पात थिए बाबाले ल्याउनु भएको हारमनी देखेर उत्साह मिल्यो । आमाबाट मादल बजाउन सिकेँ । खासमा बाबुआमालाई म गीत संगीतको आदर्श मान्छु ।

— तपाईको एक लोक गीतको बोल फेदेन बजार भनेको कुन बजार हो ? अनि यस्तै किसिमका गीत जस्तै कुनै ठाउँको नाम र विशेषता जान्नु पर्यो भने जीतेन राईको गीत सुन्दा जानिने रहेछ, यसबारे केही बताइदिनु हुन्छ कि? लिम्बु भाषामा फेदेन भनेको सम्म, मिलेको ठाउँ हो । पुरानो नाम पान्थर फेदेन रहेछ । पहिला त पान्थरु भनिन्थ्यो रे पछि पान्थर हुँदै पाँचथर भएको भनेर लिम्बु भाषाविदहरु भन्नुहुन्छ । अर्थात फेदेन भनेको पाँचथरको फिदिम हो ।
मेरा गीतहरुमा पूर्वी नेपालका धेरै ठाउँका चिनारी र नामहरु आउँछन् । जुन मौलिक र खाट्टी नामका छन् । तपाइँले सोध्नु भएको ठीकै हो । मेरा गीतहरुले स्थानीयता बोल्छन् । मेरा गीतहरुले धेरै ठाउँहरुबारे जानकारी दिन्छन् ।
एउटा कलाकार हुनुका नाताले नेपालका केही ठाउँका चिनारी देशविदेशसम्म चिनाउन पाउँदा मलाई खुशी लाग्छ । कलाकारले यी कुरा गर्नु नै पर्दछ भन्ने मलाई लाग्दछ । र, यो सब मेरो सानो प्रयास हो ।

— तपाईले गाउनु भएको दुधकोशी बारे, दुई दिदीबहिनी छुटिएका गीतबारे जान्न पाए हुन्थ्यो, किनकि यो गीत धेरैले निकै मार्मिक छ भनेको पाइयो, यस गीतको सबै शब्दहरु भन्न मिल्छ रु गीत संगीत गर्दा कुन गीत मार्मिक हुन्छन्या चल्छन् भनेर निश्चित गर्न मुस्किल हुन्छ । तापनि कतिपय गीत मार्मिक हुन पुग्छन्, कतिपय असाध्य हिट हुन पुग्छन् । तपाईले भन्नुभएजस्तै यो गीत मार्मिक छ, यसले एक कथा भन्छ भन्ने प्रतिक्रिया श्रोता, दर्शकहरुबाट पाउने गरेको छु । यो गीत किरात सभ्यताबारेको गीत हो । यस गीतको शब्दकार खुक्सङ खम्बु राई हुन् । गीतको शब्दहरु चाहिँ यस्ता छन्, ‘पारुहाङकी सन्तान तिमी नाना छापारी, खोइ त तिम्रो शिरपूmल अनि चौबन्दी र हारी, ओ नाना छापारी ।’ पहिलो अन्तराका शब्दहरु, ‘लेकतिर उँभो जाँदा कतै हरायौकी, औलतिर उँधो झर्दा कतै खसायौकी, लिम्चिङ बुङ ओइलायौ बिरामी पो छौ की, मै दुखिया खाप्चिलिपलाई माया मार्यौ कि, ओ नाना छापारी ।’ अन्तिम अन्तरा, आँशु भइ छचल्किन्छ तावारावा खोला, दिदी बहिनी छुटिएको त्यहाँ कथा होला । दुधकोशी बगिरहन्छ चोमोलोङमा मुनि, त्यही कथा बाँची रहोस हजार जुनी जुनी, पारुहाङकी सन्तान तिमी ।’

जीतेन राई अथ्र्याउनुहुन्छ, नाना छापारी भनेको दिदी हो र लिम्चिङ बुङ एक पूmल हो, अनि खाप्चिलिप भनेको भाइ हो । र, तावारावा खोला खोटाङमा पर्दछ । यो गीत दिदी बहिनी र एउटा भाइको कथा हो । गीतका दुई दिदी बहिनीलाई तयामा,खियामा भनिन्छ । यसबारे लामो कथा छ । यहाँभन्न कठिन हुन्छ । कथा किराती आदिम पुर्खासँग सम्बन्धित छ । जसले तानमा कपडाबुन्ने प्रथा शुरु गरे
उनीहरुको कथा पनि छ । अहिलेलाई यति भनौ ।

—आजको नेपाली गीत संगीत साथै लोक गीत कुन दिशातिर गइरहेको छ? नेपाली समाज रहिन्जेल नेपाली गीत संगीत विशेषगरि नेपाली लोक गीत संगीत जीवन्त रहिरन्छन् । अनि सँस्कृतिहरु परिष्कृत हुँदै जान्छन् । समाजले सँस्कृति निर्माण गर्दै जान्छन् । समयको गतिसँगै अघि बढ्छन् । हिजोकै जस्तो रहोस्भ न्नु मुर्खता हुनसक्छ । लोकसमाज, लोकजगत, लोक जीवन रहिन्जेल लोक कला,
लोक साहित्य लोक गीत रहिरहन्छन् र परिष्किृत, परिमार्जन र समयनानुसार विकसित हुँदै जान्छन् । पुस्ताहरुले अपनाउदै, आयाम थप्दै गए अनुसार अबको गीत संगीतका स्वरुप हुन्छन् । हिजो भोगेका कुरा पनि चटक्क बिर्सन हुन्न तर हिजोकै जस्तो चल्दैन, भिन्न ढङ्गले चल्छन् भन्ने मलाई लाग्छ । लोक गीत पनि त्यही हो ।

समाज सुसँस्कृत हुँनैपर्छ । समाजको मुल्यमान्यताको जगमै हामी चल्ने हो । अनि मनोरन्जनको नाममा सबै कुरा खुल्ला चाहिँ हुनुहुँदैन कि । मनोरन्जन हाँसो र रमाइलो मात्र होइन । आशुँ झारीझारी गीत संगीत सुन्नु गाउनु या महसुस गर्नु पनि मनोरन्जन हो । जसमा समाजका दुःख, सुखका कथा हुन्छन् । अहिले यतातिर ध्यान कम भएको जस्तो लाग्छ तर समय परिस्थिति अनुसार गीत,
संंगीत र लोकगीतहरुपनि परिवर्तित हुँदै जाने सम्भावना हुन्छ ।

—नयाँ पुस्तालाई तपाई के सन्देश दिनुहुन्छ ?
मैले अघिल्ला प्रश्नहरुमै पनि भनि सकेँ । हाम्रो वास्तविक जीवनशैली, हाम्रो जीवनपद्धती, हाम्रो बहुल मूल्यमान्यता, बहुल सँस्कृति, बहुल भाषा, भेष आदिलाई हामीले बिर्सन हुन्न । देश बनाउने जिम्मेवारी नयाँ पुस्तालाई नै जान्छ । देशको मौलिक सँस्कृतिभित्रका यावत आयामहरुलाई कायम राख्दै देशलाई समृद्ध पार्नुपर्छ । संसारले नेपाललाई अहिलेसम्म मौलिकताको रुपमा चिन्दछन् र पर्यटकहरु त्यही कुराहरु अवलोकन, महसुस गर्न र सिक्न आउँछन् ।
यीनै कुरालाई ख्याल राख्दै देशको मौलिक गीत, संगीत विशेषगरि लोक गीत, संगीतको सम्बर्धन र विकास गर्नु पर्दछ नयाँ पुस्ताले ।

—नेपाली मौलिक गीत, संगीत, लोक गीतप्रति कलाकार र देशको योगदान कस्तो हुनुपर्छ ?नेपाली गीत संगीत नेपाली हावापानी, जनजीवन, थातथलो, जसलाई
रैथाने पनि भनिन्छ, यहाँका बासिन्दाहरुका चिन्तन, मानिल्याएका विश्वास, जीवन भोगाई, उकाली ओराली गरेका, खेतीपाती, वनस्पती, जाँगर, दुःख सुख र यस्तै अनगिन्ती कुरालाई नेपाली गीत, लोक गीत, संगीतले छुनु पर्दछ । भूगोल, माटो, चाडपर्व, रीतिथिती र परम्परा छुनुपर्छ । खाट्टी नेपालीपन या मौलीकता प्रतिविम्वित गर्नुपर्दछ । नेपालका सबै मातृभाषामा गीत संगीत सिर्जना हुनुपर्दछ । खस पर्वते भाषाका मात्र भएर हुँदैन । यसलेमात्र नेपालीपन सम्बोधन गर्दैन ।

हाम्रा गीतहरु हिन्दीगीतका कपिपेष्टका एक रुप हुन् । नेपाली भाषामा
गाइएका गीत चाहिँ पक्कै हुन् । तर नेपाली गीत हुनका लगि त नेपाली जनजीवनले भोगका, अपनत्व बोध गरेका, नेपाली विभिन्न जातजातिका भाषा र भाकामा सिर्जना भएका गीत चाहिँ नेपाली गीत हुन् । नेपाली गीत हुनु र नेपालीभाषामा गाइएका गीत हुनु फरक कुरा हुन् । नेपालभित्रका विविध भाषामा सिर्जना भएका गीतहरु चाहिँ खासमा नेपाली गीत संगीत हुन्, ती लोक गीत हुन् किनकि शब्द, लय, बाजागाजा र गायकी नै मौलिक हुन्छन् । यसप्रति नेपाली कलाकारहरु सचेत हुनुपर्छ र सचेत छन् पनि ।

कलाकारहरु टेपरेकर्डर हुनुभएन । अरुका गीतमात्र भर्ने र बज्ने हुनुभएन । कलाकार विगतलाई मनन् गरेर, वर्तमानलाई टेकेर भबिष्यलाई बुभ्mने हुनुपर्छ । कलाकारका सिर्जना मौलिक र सम्प्रेषणीय हुनुपर्छ । कलाकार विचार गाउने पनि हुनुपर्छ । नेपाली मौलिकपन, नेपाली समाजलाई, परिघटनालाई अन्य मुलुकमा
देखाउन सक्ने हुनुपर्छ । अबका कालकार सचेत हुनुपर्छ ।

अब रह्यो सकारको कुरा । नेपाल सरकारले कलाकारहरुलाई अनुत्पादक मान्छ । देशको विकासको अङ्ग मानेको थाहा छैन । कलाकार र कलाले नै देशको सभ्यता र सँस्कृति अनि समृद्धि र विकासको कथा कहन्छन् । देशबारेको सन्देश देशविदेशमा सम्प्रेषण गर्दछन् । कलाकार र कला अर्थात लोक गीतले जत्तिको
मनमै गढ्नेगरि सम्पे्रषण अरु माध्यमले सायदै गर्न सक्दछन् । नेपाल
सरकारले कलाकारहरुलाई देशको अङ्ग र दूतको रुपमा मान्यता दिनुपर्दछ ।
कलाकारहरुले देशलाई संसारभरी चिनाउँदछन् । कलाकारहरु र कलामाथि आर्थिक लगानी गर्नुपर्दछ । देशको योजना र कार्यान्वयनका क्षेत्रमा कलाकारलाई सहभागि गराउनु पर्दछ ।

—भनिन्छ कि, कलाकार देशका गहना हुन्, यसबारे तपाईको विचार ? मैले अघि नै पनि भनिसकेँ कि, देशले कलाकारहरुलाई देशको अङ्ग मानेको छैन र कलाकार देशका गहना हुन् भन्ने मान्यता प्रति म सहमत छैन । कलाकार र कला पनि देशको विकासको द्योतक हुन् भन्ने देशका नीति निर्माण कर्ता र सरकारहरुले मनन् गर्न सकेका छैनन् । राज्य हाँक्छु भन्नेहरु नेपाली मौलिक लोक गीत संगीतप्रति सचेत छैनन् । निकायहरुमा न त गीत, लोक गीत संगीत, साहित्य बुझेका नियुक्त हुन्छन् न त संस्कृति सहीरुपमा बुभ्mनेहरु
प्रतिष्ठानहरुमा नियुक्त हुन्छन् । अनि कसरी देशको मौलिक गीत संगीत, साहित्य र स्रष्टा, कलाकारहरुको प्रबर्धन, विकास र सम्मान हुन्छन् ।
यसबारे मनन् गर्र्ने क्षमता भएकालाई ब्यूरोक्र्र्याट र सरकारका तहमा पुग्न दिइएको मैले देखेको छैन । बुझनेगरि भन्नुपर्दा देशको नीतिहरु कलाकार र कला मैत्री छैनन् । खासमा लोक गीत मैत्री छैनन् । टालटुल रुपमा होलान् तर सघन रुपमा या देखिने गरिका छैनन् । जसले तत्कालै र दीर्घकालीन उपलब्धीहरु दिन सकुन् । यसमा सुधार हुन निक्कै जरुरी भैसकेको छ । म पुनः भन्छु, कलाकारहरु देशका अङ्ग हुन् । राज्यले कलाकारहरुलाई देशको अङ्गको रुपमा मान्नु पर्दछ । यो मेरो आन्दोलन हो ।

—केही कुरा छुट्यो की ?
आजै सप्पै कुरा भन्नु र रु तर जहाँसम्म करिबकरिब सबै कुरा सोधिसक्नु भयो जस्तो लाग्यो । श्रोता तथा दर्शकसमक्ष नेपाली गीत संगीत तथा लोक गीत संगीतबारे केही कुरा राख्ने अवसर दिनुभयो त्यसका लागि तपाईलाई धन्यवाद । यो कुराकानी प्रकाशन गर्नुहुने पालिका सन्देश अनलाईनका मित्रहरुलाई पनि हार्दिक धन्यवाद ।

प्रस्तुती — भुवन तामाङ, पालिका सन्देशबाट साभार

प्रतिकृया दिनुहोस्