
एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विस्थापित गर्ने रणनीति तीव्र बनेको संकेत देखिएको छ। सचिवालयका प्रभावशाली नेताहरू पार्टी पुनर्गठनको प्रस्तावमार्फत ओलीलाई विशेष महाधिवेशन वा केन्द्रीय कमिटीबाटै विदा गर्ने योजनामा जुटेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तरिम नेतृत्वमा ल्याउने तयारीबीच एमालेभित्रको शक्ति संघर्ष निर्णायक मोडमा पुगेको छ।



