‘समाचार र विचारको
साझा चौतारी’






सुनसान काँकरभिट्टा अनि चकमन्न बस पार्क र कोरोना कहरमा मेचीनगर(फोटो र भिडियो सहित)


२० जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । नेपालको पूर्वी नाका काँकरभिट्टा बजार अहिले सुनसान छ , बजार मात्र होइन यातायातको मिनी राजधानीका रुपमा रहेको बस पार्क समेत अहिले चकमन्न रहेको छ । भारत पश्चिम बंगाल सँग सिमा जोडिएको काँकारभिट्टा नेपालकै कहलिएको नाका रहेको थियो भने यातायातको मिनी राजधानी बस पार्क क्षेत्र चकमन्न हुनको एउटै कारण हो कोरोना । कोरोनाको दोस्रो लहरको आक्रामक उपस्थितिसँग नागरिकको जिवन रक्षाका लागि सरकारले निषेधाज्ञा लगाउन आबाश्यक पनि थियो । सरकारले मात्र होइन तिव्र रुपमा फैलिएको कोरोना कहरको भयावह अवस्थालाई हेरेर नागरिककै तर्फबाट निषेधाज्ञाको आवश्यकता महशुष भएको थियो र यो नागरिकको माग समेत थियो ।

करिब ३ साता यतादेखि झापा प्रशासनले कोरोना नियन्त्रणका लागि लगाएको निषेधाज्ञ अहिले पनि जारी रहेको छ ।
नागरिकको दैनिकी कष्टकर बनेको भएपनि यो सिङ्गो मानव जिवनसँग सरोकार राख्ने जिवनसँगै जोडिएको महत्वपूर्ण पक्ष भएकाले झापा प्रशासनले लगाएको निषेधाज्ञालाई अपवाद बाहेक आम झापाली नागरिकले ग्रहण गरेको पाईन्छ ।


दैनिक करोडौँको कारोबार हुने भन्सार लगायतका यहाँका ब्यापारिक प्रतिष्ठान अहिले सुस्त अवस्थामा रहेकाछन् । तर, पनि मानव जिवनसँग जोडिएको विषय भएकाले नागरिकले यसलाई आफ्नै जिवन रक्षाका लागि हो भन्ने सत्यलाई स्विकारेर अहिले कोरोना नियन्णका लागि प्रशासनले लगाएको निषेधाज्ञालाई आत्मसात गरेको पाईन्छ । पूर्वी नाका बजार काँकरभिट्टामा कोरोना नियन्त्रणका लागि प्रहरी प्रशासनको निगरानीलाई धन्यवाद दिनै पर्छ । करिब २४ सै घण्टा जस्तो प्रहरीले आफ्नो जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गरेको पाईन्छ । उता, मेचीनगरनगर नगरपालिकाले पनि आफ्नो बुँताले भ्याए सम्म काम गरिरहेकोछ भने भन्नै पर्दा सबै वडाका जनप्रतिनिधिहरु नागरिकको स्वास्थ्य सूरक्षाका विषयमा संवेदनशिल बनेका देखिन्छ । जनप्रतिनिधिहरुको तदारुकतालाई कम मान्न सकिदैन त्यसमा पनि वडा नं ६ का वडा अध्यक्ष , वडा नं १३ का वडा अध्यक्ष कृष्णराज सिग्देल को सकृयतालाई नागरिक स्तरबाटै सम्मान गर्ने बनेको छ । समग्रमा मेचीनगर नगरपालिकामा रहेका जनप्रतिनिधिको यो बेलाको भूमिकालाई धन्यवाद दिन लोभ गर्नु पर्ने छैन । यस्तै विपदको मित्र बन्दै आएको मेची अभियान पनि यो बेला सकृयताका साथ कोभिड र ननकोभिडलाई आफुलाई गर्न सक्ने सहयोग गरिरहेको छ । कोरोना नियन्त्रणका कारण दैनिक ज्याला गर्ने र विपन्न वर्गका लािग भने स्थानिय सरकार र सामाजिक संघ संस्थाहरुको ध्यान जानु भने आवाश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस्