
विश्व पर्यावरण दिवसमा पानीघट्टा पुलिसद्वारा रक्तदान शिविरको आयोजना
जुन 5, 2021
मिरिक: विश्व पर्यावरण दिवसको उपलक्ष्यमा पानीघट्टा पुलिस पोस्टको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरमा धेरैजना सिभिक भोलेन्टियर लगायत अन्यले रक्तदान गरे। हाल कोरोना परिस्थितिमा रगतको कमीलाई ध्यानमा राखेर कोरोनाको नियमहरू पालन गर्दै उक्त रक्दान शिविरको आयोजना गरिएको साथै 50 युनिट रगत संग्रह गर्ने लक्ष्य रहेको बताइएको छ।
विश्व पर्यावरण दिवसको अवसरमा तीनधारेमा वृक्ष रोपण कार्यक्रम

जुन 5, 2021
खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेमा तीनधारे पुलिस आउट पोस्ट र शंकर निवासको दिव्य ज्योति संघको संयुक्त आयोजनामा आज विश्व पर्यावरण दिवस पालन गरियो। यस अवसरमा तीनधारे पुलिस आउट पोस्टका बड़ाबाबु सागर प्रधानको अगुवाईमा आउट पोस्ट परिसरमा विभिन्न प्रजातिको वृक्षका विरुवाहरू रोपियो। तीनधारे पुलिस आउट पोस्टका पुलिस, सिभिक भोलेन्टियरहरू र दिव्यज्योति संघका सदस्यहरू मिलेर विभिन्न प्रजातिका वृक्षका विरुवाहरू रोपे। यस अवसरमा तीनधारे पुलिस आउट पोस्टका बड़ाबाबु सागर प्रधानले भने, तीनधारे पुलिस आउट पोस्टले शंकर निवासको दिव्य ज्योति संघसित मिलेर पर्यावरण दिवस पालन गर्दै आउट पोस्ट र तीनधारे क्षेत्रमा वृक्ष रोपण गरिएको बताए। तिनले यसरी वृक्षहरु रोप्नाले अक्सिजनको कमी नहुने तथा स्वच्छ अक्सिजन मिल्ने, पैह्रो रोकथाम हुने साथै परिवेश पनि स्वच्छ रहने बताउँदै यो कार्य लगातार रूपमा गर्नुपर्ने सबैलाई आह्वान् पनि गरे। यसैगरी, शंकर निवासको दिव्यज्योति संघका सचिव सीबी भुजेलले तीनधारेको पुलिस आउट पोस्टसित संयुक्त रूपमा पर्यावरण दिवस पालन गर्दै वृक्षहरू रोप्ने अवसर प्रदान गरेकोमा बड़ाबाबु सागर प्रधानप्रति आभार प्रकट गरे।
चाँदमुनि उत्तरायण वेलफेयर सोसाइटीद्वारा कोभिड टीकाकरण शिविरको आयोजना

जुन 5, 2021
सिलगढी : चाँदमुनि उत्तरायण वेलफेयर सोसाइटीको तर्फबाट उत्तरायणस्थित बिरला दिव्य ज्योति स्कुलमा तीन दिवसीय कोभिड टीकाकरण शिविरको आयोजना गरियो। मेडिका नर्थ बेङ्गाल क्लिनिकको सहयोगमा आयोजित यस टीकाकरण शिविरको सिलगढी नगरनिगमका प्रशासक गौतम देवले गरे। उक्त शिविरमा उत्तरायणमा बसोबास गर्ने 2 हजारभन्दा अधिक मानिसहरूलाई कोरोनाको खोप लगाइनेछ। यसबाहेक उत्तरायणको घरहरूमा काम गर्ने सबै कर्मचारीहरूलाई पनि कोरोनाको टीका लगाइनेछ। गौतम देवले उक्त कोरोना टीकाकरण अभियानको प्रशंसा गरे। चाँदमुनि उत्तरायण वेलफेयर सोसायटीका अध्यक्ष श्रवण चौधरीले बताएअनुसार सिलगढीमा सम्भवतः यो सबैभन्दा ठुलो टीकाकरण अभियान हो। यस अभियानमा कोरोना प्रोटोकलमाथि विशेष ध्यान दिइरहेको छ भने उक्त अभियानलाई सफल बनाउनमा चाँदमुनि उत्तरायण वेलफेयर सोसाइटीका सबै कार्यकारिणी सदस्यहरू लगायत लायन्स क्लब अफ् उत्तरायण सेन्टेनियलको विशेष योगदान रहेको छ।
विश्व पर्यावरण दिवसमा तृणमूलद्वारा वृक्षारोपण कार्यक्रमको आयोजना

जुन 5, 2021
सिलगढी : आज विश्व पर्यावरण दिवस। सिलगढी नगरनिगमको 25 नम्बर वार्डका पूर्व तृणमूल काउन्सिलर सीमा साहाको सहयोगिता एवम् 25 नम्बर वार्ड तृणमूलको पहलमा विश्व पर्यावरण दिवसकको अवसरमा सिलगढीको मिलनपल्ली शिशु उद्यानमा रुखको विरुवाहरू रोपियो। \
यस अवसरमा सीमा साहाले भनिन्, वर्तमान कोरोना परिस्थितिमा देशभरिमै अक्सिजनको कमी देखापरेको छ। अक्सिजनको कमी पुरा गर्नको लागि यस समय अधिक मात्रामा रुखको विरुवाहरू रोप्नु आवश्यक रहेकोले वार्डभरिमै लगभग एक महिनासम्म वृक्षरोपण कार्यक्रम चल्ने तिनले बताइन्।
विश्व पर्यावरण दिवसको अवसरमा पोख्रेबुङ भ्यालीमा वृक्ष रोपण

जुन 5, 2021
सुकेपोखरी: पोख्रेबुङ बेरोजगार युवा संगठनद्वारा आज विश्व पर्यावरण दिवसको अवसरमा पोख्रेबुङ भ्यालीमा वृक्ष रोपण गरियो। विशेष गरेर रुखहरू काटेर वन जङ्गल मासिदै गएकोले उत्पन्न भइरहेको खतरालाई ध्यानमा राखेर वृक्ष रोपण गरिएको सङ्गठनका अभिनय गुरूङले बताए। आज उक्त संगठनका युवाहरूले काफल तथा उत्तीसको विरुवाहरू रोपेको बताइएको छ। पोख्रेबुङ भ्यालीबाट एकाधिक प्रजातिको चरा-चुरूङ्गी हराएर गएको ठहर गर्दै पक्षीहरूको संरक्षणको निम्ति काफल रोपिएको बताउँदै सङ्गठनको तर्फबाट वेस्ट म्यानेजमेन्ट बारे पहल गरिने तिनले बताए। यसको लागि डीएफओ तथा खण्ड विकास अधिकारीसित चाँड़ै भेटघाट गर्ने तिनले बताए। रुखका विरुवाहरू उपलब्ध गराएकोमा तिनले वन विभागलाई आभार प्रकट गरे।siliguritimes/from,india



