‘समाचार र विचारको
साझा चौतारी’






‘उरी’ निर्देशकसँग यामीले कसिन् लगनगाँठो


एजेन्सी, मुम्बई, 2021/06/05

अभिनेत्री यामी गौतम बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले निर्देशक आदित्य धरसँग शुक्रवार लगनगाँठो कसेकी हुन् । यामी र आदित्यले सामाजिक सञ्जालको माध्यमबाट आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । कोरोना महामारीका कारण उनीहरुको विवाह समारोह निकै छोटो राखिएको थियो भने दुई परिवारका सीमित व्यक्तिको मात्र उपस्थिति रहेको थियो ।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ लाई आदित्य धरले निर्देशन गरेका हुन् । यसमा यामीको सहायक भूमिका थियो। यही फिल्मको छायांकनको समयदेखि उनीहरु एकअर्काको प्रेममा डुबेका थिए । यो फिल्मबाट आदित्यले उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारेका छन् । भारतीय सेनाले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइकमा फिल्म आधारित थियो ।

हिमाचल प्रदेशको बिलासपुरमा २८ नोभेम्बर १९९८ मा जन्मिएकी यामीले मोडलको रुपमा करिअरको सुरुवात गरेकी थिइन् । पहिलो पटक फेयर एन्ड लवलीको विज्ञापनमा काम गरेकी उनले यसपछि टिभी सीरियल ‘चान्द के पार चलो’ मा अभिनय गरिन् । फिल्ममा भने उनले ‘विक्की डोनर’ बाट डेब्यू गरेकी थिइन् । उनले ‘काबिल, बाला’ लगायतका फिल्ममा काम गरिसकेकी छन् ।filmykhabar/from

प्रतिकृया दिनुहोस्