‘समाचार र विचारको
साझा चौतारी’






के निगुरो खेती सम्भव छ ?


डा.रविन बस्ताकोटी/ पशु विकास अधिकृत 

निगुरो आम नेपालिको भान्सामा पाइने जंगलि तरकारी हो ।हामि सबैले एक न एक पटक पक्कै निगुरो खाएकै छौ।यसलाइ निगुरो बा निहुरो भनिन्छ। उनिउ फल तथा फूल रहित बिरुवा प्रजातिमा प्रजातिको एक बिरुवा हो।निगुरो उनिउ प्रजातिको एक फूल नफुल्ने बिरुवा हो। उनिउ लेक बेसि मधेस पहाडका चिस्यान भएको र छाया पर्ने जमिनमा सजिलै पाइन्छ। हामिले हाट बजार बाटोको छेउछाउमा किन्ने तथा कहिले काहि आफेले टिप्न गएको उनिउको बारेमा बिस्तृत जानाकारी धेरैलाइ थाहा नहोला । सो बारे यो लेखमा चर्चा गरीनेछ।

हाल बिश्वमा १३०२५ प्रजातिका उनिउहरु रहेको प्रमाणित भैसकेको भए तापनी १५००० प्रजाति रहेको अनुमान गरीन्छ। जस मध्य ५२ बटा प्रजाति खान मिल्ने भनि प्रमाणित भएका छन् तर १४४ प्रजाति खान मिल्ने रहेको विश्वास गरीन्छ। उनिउ गर्मि तथा ओसिलो हावा पानि भएका देशहरुमा पाइन्छ। उनिउ उष्ण प्रादेशिक हावापानि भएका देशहरु नेपाल भारत भुटान बंगलादेह थाइलैण्ड इन्डोनेसियामा तरकारी तथा अचारको रुपमा खाने गरेको पाइन्छ।। नेपालमा ८० प्रजाति उनिउहरु रहेका छन् जस मध्य २२ प्रजाति खान योग्य छन्।

निगुरोमा पाइने पौष्टिक तत्वहरु
निगुरोको नफक्रिसकेको पातका टुसा खाने चलन छ। निगुरोको टुसाको अचार तरकारी जति मिठो हुन्छ त्यतिकै पोसिलो पनि छ।निगुरोको पौष्टिक तत्व अन्य सागपात संग तुलना गर्न सकिन्छ।निगुरोमा कार्बोहाइटेड, प्रोटिन, फ्याट, खनिज, भिटामिन र पानि पाइन्छ। मानब शरिरलाइ आवश्यक पर्ने १२ बटा खाधतत्व मधय ९ बटा निगुरोमा पाइन्छ।जंगलि खानेकुरा ब्याबसायिक खेति गरीएका फल भन्दा पोसिला हुन्छन्।

सागसब्जीहरुमा भिटामिन ‘ए’,’सि’ iron znic folic acid हरु पाइन्छ जुन निगुरोमा प्रशस्त मात्रामा पाइन्छ। निगुरोमा औषधि गुण भएका रसायनहरु folic acid phytoesterolsaponinspolyphenolic compounds flavonoids alkaloids tannins cardiac glycocidesxanthoproteins अल्जाइमरको औषधिमा huperzinine जस्ता औषधि पाइन्छन्। निगुरोमा पाइने पौष्टिक तत्वहरु :

क्र स पाइने तत्व मात्रा कैफियत
१ पानी ८५ देखि ९० प्रतिशत अन्य सागपातको हाराहारी
२ प्रोटिन ३ देखि १२ प्रतिशत सितलचिनिको हाराहारी अन्य सागभन्दा बढी
३ फ्याट ०।१८ देखि ०।४० प्रतिशत कुरिलो, लट्टे, खोले साग धनिया हाराहारी
४ रेसा २ देखि ५ प्रतिशत अन्य साग भन्दा बढी पोषिलो र सुपाच्य
५ खरानी १ देखि २ प्रतिशत अन्य साग हाराहारी जस्तै
६ क्याल्सियम ६६ देखि १०० एम जि प्रति १०० ग्राममा अन्य साग हाराहारी जस्तै
७ फस्फोसर ५० देखि ६० एम जि प्रति १०० ग्राममा अन्य साग हाराहारी जस्तै
८ पोटासियम ३६ देखि ३९ एम जि प्रति १०० ग्राममा अन्य साग हाराहारी जस्तै
९ तामा ११ देखि २० एम जि प्रति १०० ग्राममा अन्य साग हाराहारी जस्तै
१० फलाम ११ देखि १६ एम जि प्रति १०० ग्राममा अन्य सागभन्दा बढी
११ कोबाल्ट ११ देखि १६ एम जि प्रति १०० ग्राममा अन्य साग हाराहारी जस्तै
१२ आयोडीन ०.१७ देखि २३ एम जि प्रति १०० ग्राममा अन्य सागभन्दा बढी
१३ म्याग्नर्सियम ७ देखि १३ एम जि प्रति १०० ग्राममा अन्य साग हाराहारी जस्तै
१४ मोलिबिडानम ६ एम देखि २० एम जि प्रति १०० ग्राममा अन्य साग हाराहारी जस्तै
१५ सोडियम ०.५ देखि ४ एम जि प्रति १०० ग्राममा अन्य साग हाराहारी जस्तै
१६ जिङ्ग १ एम जी देखि २ एम जि प्रति १०० ग्राममा पालुङ्गो जतिकै
१७ भिटामिन सि २१ देखि २५ एम जि प्रति १०० ग्राममा अन्य सागभन्दा बढी
१८ भिटामिन ए ५१६ माइक्रोग्राम पालुङ्गो जतिकै
१९ भिटामिन बि १२ ०.३ एम जि देखि ०.५ एम जि पालुङ्गो जतिकै
२० भिटामिन इ ०.३ एम जि देखि ०.५ एम जि
पालुङ्गो जतिकै

खेती प्रकिया

उनिउ बसन्त ऋतु देखि हेमन्त सम्म खान सकिन्छ।बिरुमा अग्लो हुने भए पनि साना घुम्रिएका टुसा अबस्थामा नै फल लिने गर्नु पर्दछ। प्रतिकुल मौसममा बिरुबा नहुर्किए पनि अनुकुल समयमा सोहि बिरुवाबाट फल लिन सकिन्छ।भारत थाइल्याण्ड जस्ता देशमा अध्ययन अनुसन्धानका लागी र केहि मात्रामा सानो स्केलको ब्याबसायिक रुपमा खेति गरेको पाइन्छ तर ब्याबसायिक खेति गरीएको नभएतापनि सम्भावाना प्रशस्त देखिन्छ।

हावापानि
निगुरो उष्ण प्रकारको हावा पानि बर्षा र आदर्ता हुने स्थानमा लगाउन सकिन्छ।५० प्रतिसत प्रकाश बन्द गरेर आसिलो स्थान बनाएर खेति गर्न सकिन्छ।

जग्गा तयारी
निगुरोको लागी छायां परेको ओसिलो र मलिलो जग्गा चाहिन्छ।कम्पोष्ट मल गोबर र परालको प्रयोग गरी प्राकृतिक छायादार रओसिलो जमिन बनाउनु पर्दछ।परालको छापो हालेर ओसिलो चिस्यान र आद्रता राख्न सकिन्छ जसले अन्य झारपात पलाउन दिदैन । ५० प्रतिषत छायांदार बनाउन कपडाले आधी स्थान छोपि छायांदार बनाउनु पर्छ। छायांको कमि भएमा प्रकासको दुस्प्रभाबले बिरुमा मर्ने हुन्छ। पराल प्रति हेक्टर ४ टनको आवश्यक पर्दछ।

जातहरु

निगुरोका विभिन्न जात मध्य ४ जात (Diplaziumesculentum,NephrolepisCordifolia,HuperziaSquarrosa, Huperziaphlegmaria) खेतीका लागि योग्य छन्।
खेती प्रक्रिया तयार गरेको जमिनमा १ मिटरका प्लट तयार गरी ३० ।३० सेमिको अन्तरमा टुसा वा जरा रोप्नुपर्दछ।यसरी १ वर्ग मिटरमा ९ बिरुवा लाग्दछ।

फल लिने समय

बिरुवा रोपेको ३ महिना पछि फल लिन सकिन्छ। एक पटक फल लिइ सकेपछी ३।३ हप्ताको अन्तरमा फल लिन सकिन्छ। यसरी एक बर्षमा १४ पटक फल लिन सकिन्छ । वर्षामा सुख्खा समयभन्दा बढी उत्पादन लिन सकिन्छ।

उत्पादन

यसलाइ नगदे बाली वा घरायासी प्रयोजन दुवै रुपमा प्रयोग गर्न सकिन्छ। प्रति वर्ग मिटरमा वर्ष भरिमा ४ के.जी. निगुरो लिन सकिन्छ।halikhabar/from

प्रतिकृया दिनुहोस्