खबर

उघोग वाणिज्य संघ मार्फत माक्स वितरण

२५ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा ।

कोरोना कहरको दोस्रो लहरमा अग्रपंक्तिमा रहेर कार्यरत स्वास्थ्यकर्मीका लागि झापाका उधोग वाणिज्य संघमार्फत निब्स नेपाल प्रालिद्धारा सहयोग गरिएको माक्स वितरण गरिएको छ । हाम्रो अभियान झापाको सहजीकरणमा तथा प्रोवायोटेक इन्डष्टिजको साविक मेची अन्चलको आधिकारिक विक्रेता द हेब्बी ट्रेड एन्ड सप्लायर्सको संयोजनमा माक्स वितरण गरिएको हो ।झापाका विभिन्नउघोग वाणिज्य संघ मार्फत अग्रपंक्तिमा रहेर आफ्नो कार्यक्षेत्रम कार्यरत स्वास्थ्य कर्मीको निमित्त दुई लाखको संख्यामा र सुरक्षा निकाय र सामाजिक अभिन्ता हरूका लागि एक लाखको संख्यामा पहिलो चरणमा वितरण गरिने कार्यक्रम अनुसार माक्स वितरण गरिएको हाम्रो अभियान झापाका संयोजक नरेश महराले बताए ।


हाम्रो अभियान झापाका सचिव विष्णु आचार्यका अनुसार वितरण गरिएका माक्स विर्तामोड उघोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी साथै अन्य पधाधिकारीको रोहोबरमा १४००, त्यसै गरि मेची उघोग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना र अन्य पधारिकारीको उपस्थितिमा १४००, कन्काइ उघोग वाणिाज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया लाई १४०० हस्तान्तरण गरिएको छ । त्यसै गरि दमक उघोग वाणिज्य संघ र अन्य फ्रन्ट लाईनका ब्यक्तिहरूका लागि आज मात्र झापामा ९ हजारको संख्यामा पिस माक्स वितरण गरिएको साथै बीस हजार पिस माक्सलगायतका आवश्यक स्वास्थ सामाग्री हरू इलाम, झापा ,पाँचथर र ताप्लेजुङमा वितरण गरिने जानकारी कम्पनी प्रतिनिधी दिलिप पौडेलले चौतारी पोष्ट अनलाइनलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button