२७ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । झापाको मेचीनगर क्षेत्रका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरलाई एक कार्यक्रमका बीच ईष्टहोराइजन ईङ्लिस बोर्डीङ्ग स्कूल धुलाबारीले आर्थीक सहयोग गरेको छ । प्रेस क्लब मेचीनगरको कार्यालय संचालन तथा ब्यवस्थापनका लागि बिध्यालयका प्रिन्सिपल संजीव राईले क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीलाई नगद २० हजार सहयोग गरेका हुन् । कोभिडको महमारीमा प्रेस क्लब मेचीनगरको कार्यालय संचालनका र ब्यवस्थापनका लागि आफुले सहयोग गरेको राईले बताए ।
कोरोना महामारीका बीच पनि बिध्यालय स्वयम्लाई समस्या परेको बेलामा समेत क्ललाई सहयोग गरेकामा क्लबका अध्यक्ष लक्ष्मी उप्रेती, सचिव जीआर धिताल, सदस्यहरु विकास देवकोटा, दिलिप थापा र युवराज आचार्यले ईष्टहोराइजन र प्रिन्सिपल राईप्रति धन्यवाद तथा आभार ब्यक्त गरेका थिए ।सो संक्षिप्त कार्यक्रममा क्लबका साधारण सदस्य जी एन शर्मा र ईष्टहोराइजनका शिक्षक नविन दाहालको समेत उपस्थिति रहेको थियो ।