‘समाचार र विचारको
साझा चौतारी’






सैनिक विमान दुर्घटना, १२ को मृत्यु


२७ जेष्ठ २०७८
याङ्गुन ।

म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।

सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिनुभयो । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।

उहाँले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिनुभयो । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ ।सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्