खबर

निरन्तर समाज सेवामा रातोपाटीन्यूज टिम: ५० विपन्न परिवारलाई खाद्यन्न सहयोग

२७ जेष्ठ २०७८

यमु कडेल, कालिकोट । दैनिक ज्यालादारीमा काम गरी जीविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ ।

लकडाउनका कारण विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि कालिकोटको खाँडाचक्र न.पा ११ का ५० घरधुरीलाई रातोपाटीन्यूज लुम्बीनी प्रदेश व्यूरोका आपतकालिन अवस्थामा रिर्पोटिङ तथा सहयोग समूहका सदस्यहरुले मंगलबार खाद्यन्न सहयोग गरेको हो ।

समूहका सदस्यहरुको व्यक्तिगत सहयोगमा मंगलबार एक कार्यक्रमकाबीच ५० जना विपन्न परिवारलाई चामल २५ केजि, दाल १ केजि, तेल १ लिटर, नुन १ केजि र चिउरा २ केजिका दरले रु एकलाख पचास हजार बराबरको खाद्यन्न सामाग्री वितरण गरिएको राहत कार्यक्रमको संयोजक युबा समाजसेवी निमराज जैशीले बताए ।

कोभिडले निम्त्याएको भोकमरीलाई मध्यनजर गर्दै लक्षित वर्गलाई केही सहज होस भन्ने हेतुले स्थानीय काली बहादुर शाहिको सहजीकरणमा र रातोपाटी न्युज लुम्बिनी प्रदेशका टिमहरुले आफ्नो व्यक्तिगत लागतबाट राहत वितरण गरेका हुन् ।

‘स्थानीय सरकारले नगरपालिकाभित्र बसोबास गर्ने विपन्न जनताका लागि कुनै राहतको कार्यक्रम ल्याउन नसक्नु नागरिकप्रतिको गैरजिम्मेवारीपूर्ण कार्य हो’, प्रमुख शाहीले भनें’, ‘विपन्न नागरिकलाई राहत वितरणमा स्थानीय सरकारले कुनै सहजीकरण, समन्वय र सहयोग नगर्नु झन कालिकोटका सोझा जनतामाथि घात गर्नु हो ।’

आर्थिक अभावका कारण खाँडाचक्र नगरपालिकामा बसोबास गर्ने विपन्न नागरिक समस्यामा छन् भन्ने सूचना आएपछि सानो सहयोग सहित जोखिम मोलेर प्रदेश कार्यालय बाँकेबाट कालिकोटमा विशेष रिपोर्टिङ्ग सहित गएका थियौँ तर यहाँको नागरिकको अवस्था झन दयनीय देख्दा आफूलाई दुःख लागेको प्रमुख शाहीको भनाई छ ।Ratopati News/from
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button