मूल खबर

नवनियुक्त मन्त्रीहरुले लिए शपथ, तस्बिरमा हेर्नुस् शपथ ग्रहण समारोह

नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमा शपथ गराएकी हुन्।

गृहमन्त्री खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, वन तथा वातावरणमन्त्री नारदमुनि राना, सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला शाह, विनाविभागीयमन्त्री मोहन बाँनियाले शपथ लिएका हुन्।

त्यस्तै, वन राज्यमन्त्रीको आशाकुमारी विकले पनि शपथ लिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button