मूल खबर

मेचीनगरमा भएको नदीजन्य विषयमा पाँच राजनीतिक दलले बुझाए ज्ञापन पत्र ((ज्ञापन पत्र सहित भिडियो)

२८ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
ईटाभट्टा । झापाको मेचीनगर नगरपालिकामा भएको नदीजन्य वस्तुका बारेमा तातो बहस भइरहेको बेला आज (शुक्रबार) यहाँ कृयाशिल ५ राजनीतिक पार्टीले मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई ज्ञापन पत्र बुझाएकाछन् । मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच उनीहरुले नगर प्रमुख आचार्यलाई ज्ञापन पत्र बुझाउँदै आफ्नो धारणा समेत राखेका थिए । ज्ञापन पत्र बुझे पछि आचार्यले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नगर उप प्रमुख मिना पोखरेल उप्रेतीले समेत आफ्नो धारणा राखेकिथिइन् ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्र नं १ का सभापति मणिकुमार उप्रेतीले ज्ञापन पत्र वाचन गरेका थिए । ज्ञापन पत्रमा नेपाली काँग्रेसका क्षेत्र नं १ का सभापति मणिकुमार उप्रेती, एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेल, ने क पा (माओवादी केन्द्र)का मेचीनगर संयोजक पुष्प गुरागाईँ, जनता समाजवादी पार्टी मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग र राप्रपा मेचीनगरका अध्यक्ष सविना बजगाँईले हस्ताक्षर गरेकाछन् । उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ्ग, एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेल, जसपा मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ्ग, माओवादी केन्द्रका पुष्प गुरागाँई, राप्रपा मेचीनगर अध्यक्ष सविना बजगाँईले आफ्नो धारणा राखेका थिए । (समाचारमा प्रस्तुत भिडियो सम्पादन गरिएको छैन )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button