
२८ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष सुदय पनेरुले कोभिड खोप लगाउने क्रममा मनोमानी गरेको आरोप लागेको छ । मेचीनगर नगरपालिका वडा नं ९ र वडा नं १० को संयुक्त खोप केन्द्रमा पनेरुले चिनजानका आधारमा खोप लगाउने काम गरेको आरोप एमाले मेचीनगरका कार्यकर्ताले लगाएका हुन् । ने क पा (एमाले) मेचीनगर वडा कमिटि ९ का अध्यक्ष कमलमणि पौडेल र वडा १० का कमिटिका अध्यक्ष प्रकाश खड्काले वडाध्यक्ष पनेरुको कार्यप्रति खेख ब्यक्त गर्दै विज्ञप्ति समेत जारी गरेका हुन् ।



