खबर

प्रहरी दमन र धरपकडकाे क्रान्तिकारी माओवादीले गर्याे घाेर निन्दा र भर्त्सना, गिरफ्तार युवा र विद्यार्थी नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ गर्न जाेडदार माग

२०७८ जेष्ठ २८

काठमाडौं । क्रान्तिकारी युवा र विद्यार्थीहरुले गरेकाे विराेध प्रदर्शनमाथि भएकाे हस्तक्षेप, धरपकड र गिरफ्तारीकाे नेकपा (क्रान्तिकारी माओवादी) कडा शब्दमा निन्दा एवम् भत्र्सना गरेकाे छ । पार्टी प्रवक्ता प्रतीकले जारी गरेकाे वक्तव्यमा भनिएकाे छ,”हाम्रो पार्टी यस गिरफ्तारीको घोर
निन्दा तथा भत्र्सना गर्दछ । साथै उहाँहरुले उठाएका जायज मागहरुको सम्बोधन गर्न र गिरफ्तार हुनु भएका युवा तथा विद्यार्थीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहागर्न सरकारसित जोडदार माग गर्दछ ।”
वक्तव्यमा अगाडि भनिएकाे छ, ” आज जेठ २८ गते क्रान्तिकारी युवा लिग र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी)को संयुक्त आह्वानमा गिटी, बालुवा तथा ढुङ्गा निर्यात गर्ने सरकारी निर्णय र एमसीसीको खारेजी, लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा भारतीय विस्तारवादद्वारा गरिएको अतिक्रमणको विरोध, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, रोजगारीको ग्यारेन्टी, लकडाउनका कारण अप्ठ्यारोमा परेका आम मजदुर तथा तल्लो वर्गका जनतालाई राहत र आम जनतालाई खोपको व्यवस्था, पेट्रोलियम पदार्थको मूल्य बृद्धिको खारेजी लगायतका राष्ट्रियता, जनतन्त्र र जनजीविकासित सम्बन्धित मागहरु राखी काठमाण्डुको माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनको कार्यक्रममाथि ओली सरकारले प्रहरी हस्तक्षेप गरी


आन्दोलनकारीलाई अन्धाधुन्ध गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल लगायत पेशल दाहाल, सुरेश तामाङ् द्वय, सुजन सापकोटा, विनोद केसी, सुलभ वैद्य, प्रेम राज श्रेष्ठ, सुजन कुमार थापा, मिन प्रसाद गिरी, अनुप सापकोटा हुनु हुन्छ ।”

moolbato.com/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button