मूल खबर

बसपार्क अतिक्रमण गरी टहरा बनाइएको भन्दै व्यवसायीको विरोध,अतिक्रमण विरुद्ध आवाज उठाउन सबैमा अपिल

२९ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा। झापाको मेचीनगर वडानं ६ मा रहेको काँकरभिट्टा बसपार्क क्षेत्रमा निर्माण भइ रहेको टहराको बिषयलाई लिएर यहाँका व्यवसायीहरुले विरोध जनाएका छन् ।
यातायात व्यवसायीहरुले शनिबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै बसपार्क क्षेत्र अतिक्रमण गर्दै टहरा निमार्ण गरिएकोमा विरोध जनाएका हुन् ।

१२ वटा यातायात व्यवसायी, होटल व्यवसायी संघ मेचीनगर तथा ट्राभल्स संघ झापालगायत विभिन्न १४ वटा व्यवसायी संघका अध्यक्षहरुद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमा
मेची नगरपालिकाले सरोकारवालाहरुसँग कुनै समन्वय नगरी बसपार्क क्षेत्र साँघुरो बनाउदै तीन दर्जन सटर कोठा निर्माण गरिरहेको जनाइएको छ ।

विज्ञप्तीमा फुटपाथ पसले, खुद्रा व्यापारीलगायतलाई समेट्नका लागि निर्माण भइरहेको कार्य तत्काल बन्द गरी बसपार्कको उत्तरतर्फ रहेको हालको सटर कोठा माथी ट्रस निर्माण गरी वैकल्पिक व्यवस्थापन गर्न सकिने उल्लेखगरिएको छ ।

व्यवसायीहरुले हालको मिनि मार्केटलाई व्यवस्थित सपिङ सेन्टर निर्माण गरी सयौं पसलहरुको व्यवस्थापन गर्न सकिने भन्दै उनीहरुले अहिले भइरहेको बस पार्क अतिक्रमण विरुद्ध आवाज उठाउन समेत सबैमा अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button