मूल खबर

केही खुकुलो गरि झापामा फेरि थपियो निषेधाज्ञा

३० जेठ२०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा। झापामा अहिले जारी पूर्ण निषेधाज्ञालाई केही खुकुलो गरि असार ७ गते राति १२ बजे सम्मका लागि थप गरिएको छ । ।

झापा जिल्लामा आइतबार बसेको डिसीसीएमसीको बैठकले जारी लकडाउनलाई असार ७ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

बैठक पछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा संक्रामक रोग तथा स्थानीय प्रशासन एन प्रयोग गरी हाल जारी रहेको आदेशलाई केही परिमार्जन गर्दै असार ७ गतेसम्म जारी राख्ने निर्णय भएको उल्लेख छ ।

यस पटकको निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्रीका पसल खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध, डेरी, पुस्तक पसल तथा हार्ड वेयर पसल प्रत्येक दिन विहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने उल्लेख गरिएको छ ।

मल खाद्य, वीउविजन, चल्ला तथा दाना एवम् पशुपंक्षीका आहार सम्बन्धी पसल विहान १० बजेदेखी ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।

नयाँ शैक्षिक सत्रलाई मध्य नजर गर्दै झापामा यो पटक पुस्तक पसलसमेत खोल्न दिने निर्णय भएको हो ।

यसका अलवा कार्यालय सञ्चालनको हकमा अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान सेवा स्थगन गर्ने उल्लेख छ ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने, बचत संकलन गर्ने कार्य नगर्ने उल्लेख छ।

यस्तो छ पूर्ण आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button