खबर

कोरोना महामारीमा विश्व हिन्दू परिषद नेपालको सेवा कार्य

३१ जेठ २०७८
चौतारी पोष्ट अनलाइन

काठमाण्डौ । कोरोना महामारीको दोश्रो लहर शुरु भए लगतै विश्व हिन्दू परिषद नेपालको सेवा विभागले देशका विभिन्न गाउँ तथा शहरहरुमा विभिन्न सेवा कार्य गर्दै आईरहेको छ । विहिप नेपालको सेवा विभागले लकडाउनका कारण समस्यामा परेकाहरुलाई लक्षित गरी राहत वितरणको कार्यक्रमहरु समेत सञ्चालन गरेको चौतारी पोष्ट अनलाइनलाई प्राप्त इमेल पत्रमा उल्लेख गरिएको छ ।

लकडाउनका कारण न्यून आय भएका तथा मजदुरी गरी जीवन निर्वाह गर्नेलाई खानाको समस्या उत्पन्न भएको छ । खाद्यान्न अभाव भएकाहरुलाई विश्व हिन्दू परिषद नेपाल, सेवा विभागले खाद्यान्न किट वितरण गरेको परिषदले जनाएको छ ।

सेवा विभागले काठमाण्डौ उपत्यका एवं पोखरा महानगरका स–साना मठ मन्दिरका पुजारी, वेदपाठशाला, वृद्धाआश्रम तथा अनाथालयहरुमा समेत खाद्यान्न किट उपलब्ध गराएको बताइएको छ।

परिषद नेपालले कोरोना संक्रमितहरुको सहायताको लागि आवश्यक चिकित्सकिय परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । परिषदले अनलाईनका माध्यमले कोरोना संक्रमितहरुको लक्षणबारे जानकारी संकलन गरी आवश्यक चिकित्सकीय परामर्श प्रदान गर्ने गरेको छ । कोरोना संक्रमितहरुको लागि आवश्वक औषधी, अक्सिजन, एम्बुलेन्स सेवा, तथा आईसोलेशन सेवाको लागि सहजीकरण गर्ने समेत चौतारी पोष्ट अनलाइनलाई प्राप्त इमेल पत्रमा जनाइएको छ ।

पत्रमा उल्लेख भए अनुसार निःशुल्क आयुर्वेदिक काढा वितरण स् रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने आयुर्वेदिक काढा विश्व हिन्दू परिषद नेपाल, सेवा विभागले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । विहिपले कपिलवस्तु, रुपन्देही, जनकपुरधाम, लहान, राजविराज लगायत देशका विभिन्न ठाउँहरुमा उक्त आयुर्वेदिक काढा वितरण गर्दै आईरहेको छ ।परिषद्ले सेवाकार्यलाई लकडाउन अवधिभर निरन्तरता दिने बताएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button