खबर

आधिकारिकता दावीका लागि निर्वाचन आयोग पुग्यो यादव समूह

४ असार २०७८
न्युज अफ नेपाल, काठमाडौँ ।

पार्टी आधिकारिकता दावी गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

यादव समूहको बिहिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार यादव समूह आधिकारिकता दावीका लागि निर्वाचन आयोग पुगेको छ ।

यसअघि यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो भने ठाकुर समूहले पनि यादवलाई निष्कासनको पत्र बुझाएको थियो ।तर, आयोगले दुवै समूहको मागदावी अनुसार दल दर्ता किताब अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।

यसलगत्तै यादवले निर्वाचन आयोगले पूर्वाग्रहपूर्ण निर्णय गरेको बताउँदै आपत्ति समेत जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button