मूल खबर

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

४ असार २०७८
न्युज अफ नेपाल, कास्की ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले संसदबाट विस्वासको मत प्राप्त गरेका छन्। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री बनेका नेपालीले शुक्रवार बसेको प्रदेशसभा बैठकबाट बहुमत मत प्राप्त गरेका हुन्।

उनलाई कांग्रेसका १५, माओवादीका ११, जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसदले मतदान गरेका हुन्। सभामुख बाहेक ५८ जना सांसद रहेको गण्डकी प्रदेशमा मुख्यमन्त्री नेपालीले ३१ मत प्राप्त गरेका छन्। उक्त मत प्रदेशसभाको बहुमत हो।

६० सदस्यीय सदस्य रहेको गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई विपक्षी गठबन्धनलाई समर्थन नगरेपछि जनमोर्चाले उनलाई केहि दिन अघि सांसद पदबाट पदमुक्त गरेको थियो ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान बमोजिम नेपालीले आज ७ दिन मै विश्वासको मत लिएका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button