४ असार २०७८
चौतारी पोष्ट अनलाइन,काठमाडौँ ।
पछिल्लो २४ घण्टामा देशभर थप २७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसै गरि सोही अवधिमा थप ४४ संक्रमितको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त पनि भएका छन् ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



