मूल खबर

मेचीनगरपालिकामा चौतारी पोष्टको निवेदन वेपत्ता हुन्छ, जिल्ला बाहिरका सञ्चार माध्यामलाई हजारौँको भुक्तान गर्छ !

९ असार २०७८
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको कार्यशैली बुझि नसक्नु भएको छ । मेचीनगरपालिका वडा नं ६ मा कार्यालय रहेर विगत चार वर्ष देखि निरन्तर प्रकाशन भईरहेको चौतारी पोष्ट अनलाइनले पटक पटक नगरपालिकामा बुझाएको सूचिकृतको निवेदन वेपत्ता बनाउने यही कार्यालय नगरपालिकाको विज्ञापन आदेश पत्र बिना नै प्रकाशित जिल्ला बाहिरका संचार माध्यामलाई भने हजारौँको भुक्तानी दिने गर्दछ ।
चौतारी पोष्ट अनलाइनले मेचीनगरपालिकामा सूचिकृत हुनका लागि इमेल तथा हाम्रा प्रतिनिधिले समेत कार्यालयमै लगेर बुझाएका कागजात वेपत्ता पार्ने मेची नगरपालिका चिनजानका भरमा जिल्ला बाहिरबाट प्रकाशित हुने विज्ञापन र सूचनाको भुक्तानी ठाडो निवेदनका भरमा दिने गरेको पाईएको छ ।
हामीलाई प्राप्त जानकारी अनुसार झापा जिल्ला बाहिरबाट प्रकाशित हुने एक अखबारलाई नगरका कार्यकारी अधिकृत खेमराज ओझाले दश हजार भुक्तानीका लागि आदेश गरेका थिए । स्थानिय सरकारको रुपमा रहेको मेचीनगरपािलका यसै पालिका भित्रबाट निरन्तर प्रकाशन भइरहेका संचार माध्यामले पठाएका पत्रहरु वेपत्ता बन्नु र मन परेका र आफ्ना चिनजानका संचार माध्यामलाई विज्ञापन आदेश बिनै भुक्तानी दिनु मेचीनगरपालिकामा विधि र प्रकृया भन्दा पनि चिनजान चल्छ भन्ने बुझ्न अब कठिन छैन ।
हामीलाई प्राप्त जानकारी अनुसार नगर क्षेत्र भित्रैबाट प्रकाशित हुने केही संचार माध्यामलाई मेचीनगरपालिकाले वार्षिक रुपमा लाखौाँको भुक्तानी गरेको पाईन्छ । उस्तै संचार माध्यामको हकमा कसैका निवेदन वेपत्ता बनाउनु र कसैलाई हजारौँको भुक्तानी गर्नुले मेचीनगरपालिका भित्रका केही कर्मचारी चौतारी पोष्ट अनलाइनप्रति नियोजित ढङ्गले लागेको बुभिन्छ । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार तिनै कर्मचारीहरुले आन्तरिक रुपमा नै चौतारी पोष्ट अनलाइनका निवेदनहरु वेपत्ता बनाईदिने गरेको समेत बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button