
९ असार २०७८
ललितपुर । धादिङ्गको गल्छी गाउँपालिका वडा नं ४ का किसान मकैमा लाग्ने अनौठो प्रजातिको किराबाट विगत दुई वर्ष देखि हैरान भएकाछन। स्थानिय दिपक रेग्मीका अनुसार मकै बालीमा लाग्ने यस्तो किराबाट गल्छी गाउँपालिका वडा न४ मा रहेको अदुवाबारी गाउँका किसानले लगाएको मकैबाली फल्नै नपाई नष्ट हुने गरेको छ ।
मकै बालीमा लाग्ने यस प्रकारको किराबाट बाली बचाउन किसानले विभिन्न औषधिको प्रयोग गरेका भए पनि बाली जोगाउन नसकिएको उनले बताए । सयौँ रोपनी क्षेत्रमा लगाएको मकै बाली यसरी नष्ट हुन थालेकोले सम्बन्धित निकायले किसानको यो मर्कामा चासो राखिदिन रेग्मीले अनुरोध समेत गरेकाछन ।



