मूल खबर

ईप्रका काँकरभिट्टाबाट फरार भएका कैदी झापाको कुमरखोदबाट पक्राउ

११ असार २०७८
काँकरभिट्टा । झापाको काँकरभिट्टा स्थित ईलाका प्रहरी कार्यालयबाट आज बिहान फरार भएका कैदी रोसन यादवलाई प्रहरीले पक्राउ गरेको छ । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी ईप्रका काँकरभिट्टा प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालको नेतृत्वमा गएको टोलीले उनलाई प्रकाउ गरेको थाहा भएको छ।चौतारी पोष्ट अनलाइलाई प्राप्त जानकारी अनुसार यादवलाई झापा गाउँपालिका वडा नं ७ कुमरखोदबाट प्रहरीले पक्राउ गरेको हो ।
आज बिहान शौचालय गएका यादवले शौचालयको भेण्टीलेसन फोडेर भागेको बताईएको छ । उनी फरार भएपछि भागेर कुमरखोद ससुराली पुगेका र त्यहीँबाट उनलाई पक्राउ गरिएको भनिएको छ । यादव फरार भएपछि प्रहरीले उनको खोजतलास तिब्र गतिमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button