खबर

देवकोटा दाजुभाईले गरे निःशुल्क जग्गा दान

१२ असार २०७८
मेचीनगर । आफ्ना स्व पिताको सम्झनामा झापाको मेचीनगर नगरपालिकाका देवकोटा दाजुभाइले करिब २५ लाख मुल्य बराबरको जग्गा निःशुल्क दान गरेका छन् ।

मेचीनगर–८ स्थित पाथिभरा टोलका विकास देवकोटा र उनको दुई भाइ रेवन्त र पशुपतिले स्व पिता डम्बर बहादुर देवकोटाको सम्झनामा सामुदायिक भवनका लागि डेढ कठ्ठा जग्गा समाजलाई निःशुल्क उपलब्ध गराएका हुन् ।

नयाँ पुस्तामा सामाजिक संस्कार हराउँदै गइरहेको अवस्थामा असल संस्कारको विकास गर्न आफूहरूले उक्त जग्गा सामुदायिक भवनलाई उपलब्ध गराएको विकास देवकोटाले बताए ।

बुवाले म मरे भने पनि समाजको लागि केही गर्नु भन्नुभएको थियो । देवकोटाले भने, त्यसैले उहाँको सम्झनामा समाजमा सामुदायिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको बताए ।

देवकोटाले लाखौँ पर्ने जग्गा निःशुल्क दान गर्नु महान कार्य भएको मेचीनगर ८ का वडा सदस्य सन्तोष मेचेले बताए ।

जग्गा उपलब्ध भएसंगै दुई तले पक्की सामुदायिक भवन निर्माणका लागि वडा कार्यालयबाट प्रतिबद्धता समेत भईसकेको देवकोटाले जानकारी दिए ।

वडाबाट दुई लाख विनियोजन भएसंगै आज एक कार्यक्रमका बिच भवनको शिलान्यास भएको छ । साथै भवन निर्माण सम्पन्न गर्नका लागि आगामी वर्ष आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत वडाबाट आएको देवकोटाले जानकारी दिए ।
जग्गा दाता मध्येका एक विकास देवकोटा चौतारी पोष्ट अनलाइनका ब्यवस्थापक समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button