खबर

प्रेस काउन्सिलद्वारा पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिन माग

१२ असार २०७८

काठमाडौं । सञ्चार क्षेत्रका विज्ञ तथा पत्रकारले स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिनुपर्ने माग गरेका छन् ।

प्रेस काउन्सिल नेपालले शुक्रवार आयोजना गरेको कोभिड–१९ महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्था र आचारसंहिता पालना सम्बन्धमा वाग्मती प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा उहाँहरुले पत्रकारलाई आर्थिक सहयोग गर्नुपर्ने, काउन्सिलले प्रदान गर्ने राहत बढाउनुपर्ने र अनलाइनलाई लोककल्याणकारी विज्ञापनका लागि पहल गर्नुपर्नेमा जोड दिए।

पत्रकारको प्रेस पासको व्यवस्था जिल्लाबाटै हुनुपर्ने र पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्नुपर्ने पनि पत्रकारको माग थियो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सातै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गरिने प्रतिबद्धता व्यक्त गर्दै लेखनवृत्तिमार्फत पत्रकारलाई दिइँदै आएको सुविधा बढाइने र बिरामी पत्रकारको उपचारार्थ औषधोपचारमा सहयोग गरिने जानकारी दिए।

काउन्सिल सदस्य चिरञ्जीवी मास्केले श्रमजीवी पत्रकारलाई महामारीका समयमा रोजगारीबाट निकाल्ने, तलब नदिनेजस्ता गतिविधि भएकामा चिन्ता व्यक्त गर्दै विज्ञापनको भुक्तानी समयमा नहुँदा सञ्चारगृह समस्यामा परेको बताए। नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाले काउन्सिलबाट पत्रकारको पेशागत शुद्धता, क्षमतामा वृद्धि एवं पेशागत मर्यादा कायम रहने विश्वास व्यक्त गरे। Ratopati News/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button