
१६ असार २०७८
मेचीगनर । प्रगतिशिल साहित्यकार तेजराज खतिवडा गम्भीर बिरामी भएकाछन् ।उनको अहिले मोरङ्ग स्थित विराट नर्सीङ् होममा भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार खतिवडा गम्भीर झापाको धुलाबारी घर भएका खतिवडाको विराटनगरस्थित विराट नर्सिङ होममा एकसातादेखि उपचार भइरहेको छ ।
अस्वस्थ भएपछि सुरुमा खतिवडालाई उपचारका लागि दमकस्थित आम्दा अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका क्रममा उनलाई विराटनगर पुर्याइएको छोरा स्वास्थ्यकर्मी लेखनाथ खतिवडाले बताए ।
स्वासप्रस्वासमा धेरै कठिनाइ भएपछि हिजो साँझदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छोरा लेखनाथले जानकारी दिए । यसअघि हाइफ्लो अक्सिजनमा राखेर उनको उपचार भइरहेको थियो । साहित्य सँगै शिक्षा र समाजसेवाको कार्यमा लामो समयदेखि कृयाशिल तेराखका दर्जनौँ कृति प्रकाशितछन् । चौतारी पोष्ट अनलाइन परिवार प्रगतिशिल साहित्यकार तेराखको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ ।


