मूल खबरसृजनाको चौतारी

रहेनन् प्रगतिशिल साहित्यकार तेराख !

१६ असार २०७८
काँकरभिट्टा । प्रगतिशिल साहित्यकार (तेराख)तेजराज खतिवडाको ७८ वर्षक उमेरमा निधन भएको छ । उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सीङ् होममा आज दिउँसो उनको निधन भएको हो । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार झापाको धुलाबारी घर भएका खतिवडाको विराटनगरस्थित विराट नर्सिङ होममा एकसातादेखि उपचार भइरहेको थियो ।

अस्वस्थ भएपछि सुरुमा खतिवडालाई उपचारका लागि दमकस्थित आम्दा अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका क्रममा उनलाई विराटनगर पुर्याइएको थियो ।
शसप्रस्वासमा धेरै कठिनाइ भएपछि हिजो साँझदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । साहित्य सँगै शिक्षा र समाजसेवाको कार्यमा लामो समयदेखि कृयाशिल तेराखका दर्जनौँ कृति प्रकाशितछन् ।
टेस्ट ट्युब बेबी (नाटक), रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तिनगर (खण्डकाब्य)ढाडेका नाकमा घिउ(निबन्ध) लगायत दर्जनभन्दा बढी उनका चर्चित कृति प्रकाशित छन् । उनले मय बिधाको प्रस्तावना समेत लेखेका थिए ।

तत्कालीन शान्तिनगर–४ इरौँटारमा २००१ साल वैशाख १ गते जन्मेका उनको हाल मेचीनगर–९ धुलाबारीमा बसोबास थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button