
फोनथिएन डाडाबाट कराएको याद आयो
मन मनै मनमा मन पराएको याद आयो ।
ऐसेलु खाइ रूमाल लुकाइ खेल्दै चउरमा
पारीभीरमा सँगै बाख्रा चराएको याद आयो ।
गर्जन आउदा ओढार बाट छेउ छेउ आइ
बाघ देखि हात समाइ डराएको याद आयो ।
असारमा बेँसी झरि घुम ओढेर हिलो खेल्दा
अनुहारमा हिलै हिलो भराएको याद आयो ।
मंसिरमा कुन्यु माथि चढी गीत गाउँदा खेरि
समाइ तल झारिदिन अराएको याद आयो ।
पुगेँ कता आफनै यात्रा तिमी कता पुगिगयौ
अनि बिना खबर कता हराएको याद आयो ।।
माइजोगमाइ,इलाम


