कृषि र किसान

के हो धानमा लाग्ने ब्लास्ट रोग ? सावधानीका उपाय के-के हुनसक्छन् ?

दिपक कट्टेल

काठमाडौँ । हाल नेपालमा कोरोना भाइरसको दोस्रो लहर आक्रमक रुपमा फैलियो । अत्यावश्यक बाहेकका सबै क्रियाकलाप केही समयअघि सम्म बन्द रहे । कोरोना भाइरस संक्रमण हालसम्म पनि नियन्त्रणमा नआइसकेको कारण कतिपय अझै सेवा, सुविधा तथा पेशा अझै पनि बन्द छन् । कोरोना कहरमाझ पनि फरक नपरेको एउटा पेशा हो, कृषि ।

निषेधाज्ञाका कारण कृषकलाई आफ्नो फार्म, खेतबारीसम्म पुग्न असहजता पक्कै पनि पर्यो । यद्यपि, किसानको दैनिकिलाई भने यी कुनै कुराले छेकेर छेक्न सकेन । खेतीपातिका नियमित कामहरु सबैतिर चलिरहेका नै छन् । हावा पानी र भौगोलिक रुपले विविधतायुक्त भएकाले यहाँ एकै समयमा पनि विभिन्न किसिमका बालीनालीहरु लगाउने गरिन्छ।

मोरङ्ग, सुनसरी, झापा जिल्लाका विभिन्न भागमा गत वर्ष धानको ब्याडको देखिएको ब्लास्ट रोगको कारण धेरै किसानहरुले दुःख र नोक्सानी बेहोर्नु परेको तितो यथार्थलाई सम्झँदै फेरि पनि उक्त समस्या आउन सक्ने भएकाले आम कृषक समुदायलाई सहयोग होस भन्ने हेतुले यो लेख तयार पारिएको छ ।

के हो ब्लास्ट रोग ?

ब्लास्ट रोग अर्थात धानका बाला तथा बेर्नामा लाग्ने एक प्रकारको ढुसीजन्य रोग हो । धान बालीमा लाग्ने प्रमुख रोगहरू मध्यको एक रोग हो, ब्लास्ट रोग । यस रोगले ब्याडका बेर्ना मार्ने तथा धानका बालालाई सुकाउने गर्छ । जुन, सन् १९६६ मा पहिलो पटक देखिएको थियो ।

PyriculariaOryazae नामक ढुसीले यो रोग निम्त्याउने गर्दछ । यो रोग बीउबाट पनि सर्ने भएकाले अघिल्लो वर्ष रोग देखिएका ठाँउका बीउ उपचार नगरी प्रयोग गर्दा, रोगी बिरुवा प्रयोग गर्दा यो रोग फैलने सम्भानवा प्रबल रहन्छ ।

के–के हुन् लक्षणहरु ?

पातमा स–साना सेतो टिका बीचमा भएका लाम्चिला खैरा थोप्ला देखा पर्दछन् । फलेको धानमा भने बाला मुन्तिरको डाँठको वरिपरि वाआख्लामा खैरो रङ्गको दागहरु देखिने र बाला मर्ने समस्या देखा पर्दछ । ढुसीलाई अनुकुल भएको समयमा विभिन्न भागमा बिस्तारै गोलो, लाम्चो आँखा जस्तै आकार बनाउँछ र बीचमा खरानी रङ्ग तथा बाहिर खैरो रङ्ग भएका थोप्लाहरु देखा पर्दछन् ।

के-के हुन् कारणहरु ?

मुख्यतः बीउ कम्पनीहरुले बीउको सही उपचार नगरेमा यो रोग देखा पर्न सक्छ । Combine harvester को प्रयोग गर्दा पराल र नलको सही व्यवस्थापन हुन नसकेमा पनि उक्त रोग देखा पर्न सक्छ । बाली चक्र नगरी सोही खेतमा एकै पटक वर्षे धान लगाउँदा पनि रोग सार्ने प्रबल सम्भावना रहन्छ ।

धान खेती नभएको अवस्थामा अन्य घाँसहरुमा यो ढुसी सुरक्षित रहन्छ । यूरिया मलको सिफारिसभन्दा ज्यादा प्रयोग गर्नाले पनि रोग फैलिनको लागि उचित वातावरण हुने गर्दछ ।
व्यवस्थित सिँचाई प्रणाली नहुँदा पनि धान ब्लास्टको समस्या पर्न सक्छ । त्यसैले उक्त कारणहरुबाट रोगको संक्रमण हुन नदिन सजगता अपनाउनु पर्ने हुन्छ ।

रोग लाग्न नदिन के गर्ने ?

गत वर्ष उक्त रोग नदेखिएको मूल बीउबाट मात्र बीउको छनौट गर्नु पर्दछ ।

पर्याप्त घाम लाग्ने ठाँउमा राम्रोसँग हिलो बनाएर मात्र बीउ राख्ने ।

नुनपानीको सहायताले बीउबाट भुस छानेर भुसको मात्रा हटाउने ।

प्रतिकिलो २ ग्राम वेविस्टिन वाकार्बेन्डाजिममा १२ घण्टा सम्म भिजाएर बीउको उपचार गर्ने ।

खेतमा सकेसम्म पानी जमाइ राख्ने ।

रोग निरोधक धानका जातहरु मात्र लगाउने ।

माटो परीक्षण गरी प्राविधिकको सिफारिस अनुसार मात्रै रासायनिक मलको प्रयोग गर्ने ।

बेर्ना बाक्लो भयो भने आद्रता बढ्ने गर्छ । यस कारण बीउ बाक्लो नछर्ने ।

ब्याड राख्नुभन्दा अगावै त्यहाँ रहेका पराल, नल वा अन्य घाँसहरुलाइ पूर्ण रुपले हटाउने ।

बीउलाई प्राविधिकको सल्लाह अनुसार जैविक रुपमा Trichodermaharzanium, Pseudomonas Flurescence ले पनि उपचार गर्न सकिन्छ ।

रोग लाग्यो भने के गर्ने ?

सुरु सुरुमा लक्षण देखिएका बिरुवालाई हटाउने र नष्ट गर्न सकिन्छ । त्यसका साथै प्राविधिकको सल्लाह अनुसार निम्न विषादीको प्रयोग धान बालीमा गर्न सकिन्छ ।

– Carbendazim 50% WP दुई ग्राम प्रति लिटर पानीमा प्रयोग गर्ने ।

– Tricyclazol 75WP (coroblast,king blast, logic mask,beanआदि ) ०.७५ ग्राम प्रति लिटर पानीमा प्रयोग गर्ने ।

– Hexaconazole 5% EC (allizole,avon,comfort,hexocon) २ ग्राम प्रति लिटर पानीमा प्रयोग गर्ने ।halokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button