सृजनाको चौतारी

इलाम

गजल

तिनतलेको चिसो पानी सधै, पिँउ जस्तो।
विश्वभरी नेपाल देश सजाइ दिँउ,जस्तो।।
सप्त अको जिल्ला सँगै मितेरीनै लगाएर
पहाड कि रानीलाई मनमा लिउँ जस्तो ।।

कुँदे जस्तै इलामलाई मुटु भित्र बसाउँदै
मेघमाको उच्च लेक छुँदा हिउँ जस्तो
परी हौ कि छुट्टै क्यहि हौरु भने मलाई हुँने
मिले सँगै प्रीति गाँसि सधै जिउँ जस्तो

अन्तुहुँदै कन्यामलाई एक नजर दिँए पनि
लभ डाँडामा बसि तस्बिर सँगै खिँचु जस्तो
पाथीभरा साक्षी राखि मन मन्दिरकै उनि सँग
जिन्दगीभर साथ दिने बाचा छिनमै गरुँ जस्तो

पशुपति र माई पोखरी अहिल्यै डुलुँ, लाग्ने
मनमोहक पानीटारमै केहि दिन बसुँ जस्तो
सन्दकपुरले सधै मलाई सुसेलीमा बोलाएझै
मन खुल्ला इलामेको दिलमै पसुँ जस्तो
समाप्त
तारा पौडेल‘अविरल’
सुर्योदय नगरपालीका ३
पशुपतीनगर, मेहेलबोटे
इलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button