‘समाचार र विचारको
साझा चौतारी’






नलुकेको वर्षा र राजको प्रेम !


फिल्मीखबर, काठमाडौं, 2021/07/07

अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवाल अफेयरमा रहेको कुरा अब नौलो रहेन । भलै, उनीहरुले खुलेरै प्रेम स्वीकार गरेका छैनन् तर प्रेम लुक्न पनि सकेको छैन । गत वर्ष एकसाथ होली मनाएपछि उनीहरु प्रेममा रहेको चर्चा चलेको थियो । तर, मिडियासँग भने उनीहरुले साथीको सम्बन्ध मात्र रहेको भन्ने गरेका छन् । वर्षालाई राजको हाँसीरहने बानीले घायल बनाएको छ ।

कोरोना भाइरसको दोस्रो चरणको महामारी फैलिन नदिन सरकारले निषेधाज्ञा जारी गरेपछि प्रत्यक्ष भेट गर्न नपाएर न्यास्रिएका उनीहरु निषेधाज्ञा खुकुलो भएसँगै दैनिकजसो भेटमा रमाउन थालेका छन् । मंगलवार स्नेहा आश्रममा एक व्यक्तिको बर्थ-डे मनाउन राज र वर्षा साथमै पुगेका थिए । सोही साँझ वर्षाले इन्स्टा स्टोरीमा राजसँगको एउटा रोमान्टिक तस्विर पोस्ट्याएकी छन् ।

वर्षाले राजको छातीमा आफ्नो शिर राखेकी छन् भने दुवैको ओठमा खुसीको मुस्कान देख्न सकिन्छ । मिडियाको अगाडि प्रेम स्वीकार गर्न नसके पनि सामाजिक सञ्जालको माध्यमबाट यो जोडीले प्रेम व्यक्त गर्न छाडेको छैन । यसअघि पनि वर्षाले राजसँग भिडियो कलमा कुराकानी गर्दाको स्क्रिन सट इन्स्टामा पोस्ट गर्दै राजले आफूलाई सधैं खुसी दिने प्रयास गरेको बताएकी थिइन् ।

अमेरिकामा बस्ने सविन जंग थापासँग १७ महिनामै ब्रेकअप भएपछि वर्षाको हिमचिम अभिनेत्री पूजा शर्मासँग बढेको थियो। राज पनि पूजाको एकदमै मिल्ने साथी हुन् । पूजासँग भेट्ने क्रममा वर्षाको राजसँग पनि प्रायः भेट भइरहन्थ्यो । यसैक्रममा उनीहरुबीच प्रेमको पालुवा पलायो । यतिबेला फिल्मवृतमा केसम्म चर्चा चलेको छ भने यो जोडी विवाह बन्धनमा बाँधिने योजनामा समेत छ ।

प्रतिकृया दिनुहोस्