‘समाचार र विचारको
साझा चौतारी’






दीलिप कुमारको शानदार अभिनय देख्न पाइने ५ फिल्म


एजेन्सी, मुम्बई, 2021/07/07
बलिउड अभिनेता दीलिप कुमारको बुधवार निधन भएको छ । विहान साढे सात बजे मुम्बईको एक अस्पतालमा उनले अन्तिम सास लिए । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई ३० जूनमा अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बलिउडका कलाकारहरुले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

हिन्दी फिल्ममा आफ्नो एक अलग स्थान बनाएका दीलिप कुमारको जन्म ११ डिसेम्बर १९२२ मा भारतको पेशावर भन्ने ठाउँमा भएको थियो । माता-पिताले उनको नाम मोहम्मद यूसुफ खान राखेका थिए तर फिल्ममा उनलाई दीलिप कुमारको नामबाट पहिचान मिल्यो । २२ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेका उनी २५ वर्षको उमेरमा बलिउडका नम्बर वान नायक बनेका थिए ।

१९४४ मा फिल्म ‘ज्वार भाटा’ बाट उनले नायकको रुपमा डेब्यू गरेका थिए तर सन् १९४७ मा रिलिज भएको फिल्म ‘जुगनू’ ले उनलाई ठूलो ख्याती दिलायो । ‘दीदार, देवदास’ जस्ता फिल्ममा निर्वाह गरेको गम्भीर भूमिकाका कारण उनलाई ‘ट्रेजेडी किङ’ भन्न थालिएको थियो । आज हामी स्वर्गीय अभिनेता दीलिप कुमारको शानदार अभिनय रहेका पाँच फिल्मको बारेमा चर्चा गर्दैछौं ।

कर्मा

बलिउडमा ८० को दशकको सबैभन्दा सुपरहिट फिल्मको कुरा गर्ने हो भने ‘कर्मा’ को नाम अवश्य लिइन्छ । यसमा दीलिप कुमारले एक पुलिस अफिसरको भूमिका निर्वाह गरेका थिए । फिल्ममा अनिल कपूर र ज्याकी श्राफको पनि मुख्य भूमिका थियो । यो फिल्मका गीत यतिधेरै लोकप्रिय भएको थियो कि आज पनि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसमा गुन्जने गरेको छ ।

क्रान्ति

ड्रामा र एक्सनले भरिएको फिल्म ‘क्रान्ति’ अभिनेता दीलिप कुमारको कहिल्यै भुल्न नसकिने फिल्ममध्ये एक हो । फिल्ममा उनीसँगै अभिनेता शशि कपूर, शत्रुघन सिन्हा र अभिनेत्री हेमा मालिनीको मुख्य भूमिका थियो । यो फिल्मले त्यसबेला निकै ठूलो सफलता हात पारेको थियो ।

मुगले आजम

बलिउडमा केही यस्ता सानदार फिल्म बनेका छन्, जसमा कलाकारले निर्वाह गरेको चरित्र सधैंका लागि जीवित भएको छ। बलिउडको यस्तै एक फिल्म हो, ‘मुगले आजम’ । सन् १९६० मा रिलिज भएको फिल्ममा दिलीप कुमारले राजकुमार सलीमको चरित्र निर्वाह गरेका थिए । यो फिल्म यति हिट भएको थियो कि आज पनि यसको कहानीमाथि गली मोहल्लोमा नाटक मञ्चन हुने गरेको छ ।

देवदास

भारतको सबैभन्दा भावुक बनाउने उपन्यासमध्ये एक हो, ‘देवदास’ । यसमाथि कयौं फिल्म बनिसकेका छन् तर हिन्दी फिल्ममा सबैभन्दा पहिले अभिनेता दीलिप कुमारलाई लिएर यो फिल्म बनेको थियो । सन् १९९५ मा आएको फिल्ममा दीलिप कुमारले निर्वाह गरेको चरित्रलाई आज पनि याद गर्ने गरिन्छ ।

राम और श्याम

१९६७ मा आएको यो फिल्ममा दीलिप कुमारले जुडुवा युवकको भूमिका निर्वाह गरेका थिए, जसको नाम राम र श्याम थियो । उनले यो फिल्ममा सानदार अभिनय गरेका थिए । तपि चाणक्या निर्देशित फिल्ममा वहीदा रहमान र मुमताज मुख्य अभिनेत्रीको रुपमा थिए । खलनायकको भूमिकामा भने अभिनेता प्राण थिए । यो फिल्मले दीलिप कुमारको स्टारडम उचाइँमा पुर्‍याएको थियो ।filmykhabar/from

प्रतिकृया दिनुहोस्