मूल खबरस्वास्थ्य

झापाको मेचीनगरमा ८० प्रतिशत कोरोना संक्रमित निको हुँदै

२४ असार २०७८
काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका क्षेत्र भित्र कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।

मेचीनगर कोभिड फोकल पर्शन सबिता सापकोटाका अनुसार कोरोनाको दोस्रो लहर चलेयता बुधबारसम्म एक हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि एन्टिजिन परीक्षणमा थप एक सय ७८ जनामा पोजेटिभ देखिएको छ।

सापकोटाका अनुसार बुधबारमात्र ३० जनामा कोभिड संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये हालसम्म ८ सय ५ जना कोरोनामुक्त भएका छन् । बुधबार थप २१ जना संक्रमणमुक्त भएका छन् । जुन कुल संक्रमितको करिब ८० प्रतिशत हुन आउँछ ।

कोरोनाका सक्रिय संक्रमितमध्ये एक जना वडा नम्बर ११ स्थित धाइजन स्वास्थ्य चौकीमा रहेको कोभिड आइसोलेसन सेन्टरमा छन् भने बाँकी ७ जना विभिन्न कोभिड उपचार केन्द्रमा उपचाररत रहेका छन् ।

प्राप्त जानकारी अनुसार मेचीनगरमा रहेका सक्रिय संक्रमित मध्ये दुई सय १७ जना होम आइसोलेसनमै रहेर स्वास्थ्य लाभ लिइ रहेका छन् ।
अहिले सम्म कोरोना संक्रमण पछि नगरमा ३० जनाको ज्यान गएको फोकल पर्सन सापकोटाले जानकारी दिइन् । यसरी हेर्दा मेचीनगरमा कोरोना संक्रमण पछिको मृत्यु दर ३ प्रतिशत देखिएको छ ।

पछिल्लो समयमा कोभिड विरुद्धको खोपको उच्च माग भइ रहेको छ । कोरोनाको दोस्रो लहर चलेयता नगरमा कोरोना संक्रमितको संख्या उच्च देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button