‘समाचार र विचारको
साझा चौतारी’






रियल म्याड्रिड बराबरीमा रोकियो


साउन ४, २०७८

एजेन्सी – प्रि–सिजनको दोस्रो मैत्रीपर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिड रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियलले भालेकानोसँग १–१ गोलको बराबरी खेलेको हो ।

जुआन्मी लाटासालाई पेनाल्टी बक्समा एलेजान्द्रो काटेनाले फल गरेपछि प्राप्त पेनाल्टीमा इस्कोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, अल्भारो गार्सियाको क्रसलाई क्लियर गर्न खोज्दा भिक्टर चुस्टले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

पहिलो रोजाईका खेलाडीहरु छुट्टीमा रहेका कारण प्रशिक्षक कार्लाे एन्सेलोट्टीले भालेकानोविरुद्ध युवा खेलाडीलाई मौका प्रदान गरेको थियो ।
युरोपियन च्याम्पियनसिप, कोपा अमेरिका कप र ओलम्पिक गेम्सका कारण रियलका पहिलो रोजाईका केही खेलाडी अझै छुट्टीमा रहेका छन् ।

भालेकानोविरुद्ध एन्ड्री लुनिन, अल्भारो ओड्रिओजोला, भिक्टर चुस्ट, नाचो, मार्सेलो, एन्टेनियो ब्लान्को, इस्को, मार्टिन ओडेगार्ड, लुकास भाज्क्वेज, सर्जियो एरिवास र जुआन्मी लाटासाले मौका पाएका थिए ।

रियलले अब अर्काे मैत्रीपुर्ण खेल २५ जुलाईमा रेन्जर्ससँग तथा त्यसपछि ८ अगस्टमा एसी मिलानसँग खेल्ने तय छ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्