सृजनाको चौतारी

हे भमरो

हे भमरो
तिमी कत्ति उद्धत छौ
रङ्गिन फूलहरूलाई डस्न
नयाँनयाँ बगैंचामा रमाउन
छानीछानी थरीथरीका
फूलका पराग चुस्न
तिम्रो स्पर्श बिना कहाँ फक्रन्छन्
रजनीगन्धा , बेली र चमेलीहरू
फरक यति छ
तिमी र मान्छेमा
तिमी फूलको बोटमै झुमेर रमाउछौ
मान्छे भने
टिपेर फूलको वास्ना लिएर
आनन्दमा रमाउछ
मार्दैनौ तिमीले कहिले फूलको बोट
मान्छे भने ओइलिएपछि निमोठेर
कुल्चिदिन्छ
लम्कन्छ नौलोनौलौ बगैँचामा उन्मत्त भएर टिप्न फूल
२०७८,४,१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button