खबरस्वास्थ्य

पछिल्लो २४ घण्टामा ३ हजार ९३८ कोरोना संक्रमण पुष्टि , ३७ जनाको मृत्यु

२१ साउन २०७८

चौतारी पोष्ट अनलाइन

ललितपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८७० जनाको पीसीआर परीक्षणमा ३ हजार ७ र ६ हजार ५३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३१ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button