
२१ साउन २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका एक जना जनप्रतिनिधिसँग मेचीनगरकै एक पत्रकारले एक बोरा चामल मागेको खुलेको छ । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार मेचीनगर नगरपालिकाका एक वडा सदस्यसँग मेचीनगरकै पत्रकारले एक बोरा चामल मागेका हुन् । हामीलाई प्राप्त जानकारी अनुसार चामल माग्ने पत्रकारले आफुले ति जनप्रतिनिधिलाई बुधबार बेलुकी फोन मार्फत आफुलाई कतैबाट एक बोरा चामल मिलाईदिन आग्रह गरेका थिए । मेचीनगर नगरपालिकाका ति जनप्रतिनिधिका बारेमा चामल माग्ने पत्रकारले उनका बारेमा पहिला एउटा समाचार बनाएर समाचार कस्तो लाग्यो ? राम्रै लाग्यो नि होइन ? भन्दै फोन गरेको स्रोतले चौतारी पोष्टलाई बतायो । हामीलाई प्राप्त जानकारी अनुसार जनप्रतिनिधि र पत्रकारका बीच यस प्रकारको संवाद भएको थियो
पत्रकार — हेल्लो
जनप्रतिनिधि — हजुर भन्नु होस त
पत्रकार — म पत्रकार
जनप्रतिनिध — हजुर हजुर चिने सर
पत्रकार — समाचार कस्तो लाग्यो
जनप्रतिनिध — राम्रो लाग्यो, राम्रो बनाउनु भएछ
पत्रकार — राम्रो छ नि है , अनि नि , अब त्यहाँ मैले नजिकबाट चिनेको भनेको तपाई नै हो, अँ , के भनेनि एक बोरा राम्रो खालको चामल नि कतै मिलाईदिनु प¥यो है तपाईले ( जनप्रतिनिधि र पत्रकार बीच संवादको सानो अंंश )



