
२१ श्रावण २०७८
बैतडीको सुर्नया गाउँपालिका– ५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर दुई जना दाजुभाईको मृत्यु भएको छ।
बुधबार राती साढे १० बजे तिर मकैबारीमा गएका बेला करेन्ट लागेर सुर्नया गाउँपालिका-५ का अजब चन्दका छोरा २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर बोधराज ओझाले बताउनुभयो ।
जंगली बदेलले मकैबारी नष्ट गर्न थालेपछि मैकैबारीमा छोडिएको तारबाट उनिहरुलाई करेन्ट लागेको ओझाले बताउनुभयो । घटनास्थलमा रातीनै प्रहरी टोली पुगेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।Ratopati News/from



