
२१ श्रावण २०७८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि भएका आधारभूत जनतालाई बिधुत उपभोगमा राहत दिने बताएकी छन ।
बिहीबार सिंहदरबारमा पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसँग छलफल गर्दै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी भएको र छिटै निष्कर्षमा पुग्ने बताएकी हुन् ।
उनले घरेलु उपभोग बढाउनका लागि बढि युनिट खपत गर्नेलाइ महशुल कम गर्ने तयारी भएको पनि बताइन् । उनले एपी ग्यासको न्युनिकरण गरि बिधुत उपभोगलाई बढाउने नीति ल्याइने धारणा राखे । उनले सवै प्रदेशमा सञ्चित जलाशययुक्त बिधुत आयोजना निर्माणलाई प्राथमितामा राखिने उल्लेख बताइन्।
मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिंचाइ पु¥याउनका निम्ति पनि मन्त्रालय क्रियाशिल रहने बताइन् । उनले मन्त्रालयबाट यसअघि सुरु गर्न खोजिएका तर पुरा नभएका र सकारात्मक कामका बारेमा जानकारी र अनुभव लिने उदेश्यले पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसंग छलफल गरिएको जानकारी दिए । Ratopati News/from



