साउन २२, २०७८
एजेन्सी – रियो ओलम्पिक –२०१६ को पदक तालिकाको शीर्षस्थानमा रहेको अमेरिकाले टोकियो ओलम्पिक २०२० मा शीर्षस्थानमा रहेको चीनलाई पछ्याइरहेको छ ।
बिहीबार ४ स्वर्ण थप्दै अमेरिकाले शीर्षस्थानको चीनमाथि दवाव बढाइरहेको हो । अमेरिकाले बिहीबारसम्म २९ स्वर्ण, ३५ रजत र २७ कास्यगरी कुल ९१ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको चीनले बिहीबार दुई स्वर्ण थप्दै आफ्नो शीर्षतालाई थप पकड बनाएको छ ।
चीन ३४ स्वर्ण, २४ रजत र १६ कास्यगरी ७४ पदकसहित शीर्षस्थानमा रहेको छ । आयोजक जापान २२, स्वर्ण १० रजत र १४ कास्यगरी कुल ४६ पदक गरी जापान तेस्रो स्थानमा यथावत रहेको छ । १७ स्वर्ण, ५ रजत र १९ कास्यगरी कुल ४१ पदक जितेर अष्ट्रेलिया शीर्ष चारमा उक्लिएको छ ।
रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १६ स्वर्ण, २२ रजत र २० कास्यसहित ५८ पदक जित्दै पाँचौ स्थानमा उक्लदा बुधबार चौथो स्थानमा रहेको इंग्ल्यान्ड १६ स्वर्ण, १८ रजत र १७ कास्यगरी कुल ५१ पदकसहित छैटौ स्थानमा झरेको छ । जर्मनी ९ स्वर्ण, ९ रजत र १६ कास्यगरी ३४ पदकसहित सातौं स्थानमा रहँदा फ्रान्स ७ स्वर्ण, ११ रजत र ९ कास्यसहित २७ पदक जितेर आठौं स्थानमा रहेको छ ।
७ स्वर्ण, १० रजत र १८ कास्यगरी ३५ पदक जित्दै इटाली नवौं स्थानमा रहँदा नेदरल्यान्ड्स ७ स्वर्ण, ९ रजत र १० कास्यगरी २६ पदक जित्दै शीर्ष १० भित्र अटाएका छन् । न्युजिल्यान्डले ७ स्वर्ण, ६ रजत र ६ कास्यगरी १९ पदक जितेको छ । बिहीबार एक पदक पनि जित्न नसकेको दक्षिण कोरिया ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहति १२औं स्थानमा झरेको छ ।
हंगेरीले ५ स्वर्ण, ७ रजत र ३ कास्यगरी १५ पदक जितेको छ । क्यानडाले ५ स्वर्ण, ५ रजत र ८ कास्य गरी १८ पदक जितेको छ । क्युवाले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदक जितेको छ । ब्राजिलले ४ स्वर्ण, ४ रजत र ८ कास्यगरी १६ पदक हात पार्दा चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र २ कास्यगरी ९ पदक जित्दै शीर्ष १७ मा अटाएका छन् ।
स्पेन, स्वीट्जरल्यान्ड, पोल्यान्ड, क्रोएसिया, जमैका र बेल्जियमले समान ३ स्वर्ण जित्दै शीर्ष २३ भित्र रहेका छन् । स्वीडेन, चाइनिज ताइपेइ, जर्जिया, डेनमार्क, इरान, नर्वे, स्लोभेनिया, इक्वेडर, ग्रीस, उज्वेकिस्तान, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन् ।
युक्रेन, रोमानिया, भेनेजुएला, हङकङ, केन्या, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, टर्की, सर्विया, इन्डोनेसिया, बुल्गेरिया, पोर्चुगल, बेलारुस, इथियोपिया, फिलिपिन्स, युगान्डा, ट्युनिसिया, आयरल्यान्ड, इजरायल, इस्टोनिया, फिजि, लात्भिया, थाइल्यान्ड, बहमास, बर्मुडा, मोरोक्को, प्युरेटो रिकोले समान एक स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६३ राष्ट्रले स्वर्ण जित्दा ८८ राष्ट्रले पदक जित्न सफल भएका छन् ।hamrokhelkud/from



