खेलकुद

मेस्सी बार्सिलोना नबस्ने पक्का

साउन २२, २०७८

एजेन्सी –अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बार्सिलोना नबस्ने पक्का भएको छ । बार्सिलोनाले आज आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले अर्को सिजन नखेल्ने जनाएको हो ।

क्लबको विज्ञप्ति अनुसार बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन सफल हुन सकेन। ला लिगाको नयाँ नियम अनुसार मेस्सी र क्लबबीच सहमति भएको तलब र सम्झौता मान्य नरहेको बुझिएको छ । क्लब र खेलाडी दुवै राजी भएपनि अनुबन्धन भने हुन सकेन ।

लामो समयको कसरत पछि दुई पक्षबीच सहमति बनेको थियो । तर बार्सिलोनामा अन्य खेलाडीले तलब घटाउन नमान्नु र ट्रान्सफर बजारमा अपेक्षित निर्णय हुन नसक्दा मेस्सीले क्लब छोड्नुपर्ने स्थिति आएको हो । कोरोना महामारीले आर्थिक रुपमा कमजोर रहेको बार्सिलोनालाई नयाँ नियमले थप समस्यामा पारेको हो ।

मेस्सीले क्लबलाई सहज होस् भनेर नै साविकबाट पनि कम तलब लिएर नयाँ सम्झौता गरेका थिए ‌। तर लिगले उक्त सम्झौतालाई पनि मान्यता दिने अवस्था रहेन ‌‌। ३४ वर्षीय फरवार्ड अब कहाँ जान्छन् भन्ने कौतुहलता बढेको छ ।

मेस्सी कोपा अमेरिका जितेपछि छुट्टि सकेर विहीबार बार्सिलोना पुगेका थिए । बार्सिलोनाले उनीसँग विस्तृत सम्झौता गर्ने योजना भएपनि लिगको नियमले त्यो सफल हुन दिएन । क्लबले मेस्सीको व्यक्तिगत र व्यावसायिक सफलताको कामना गरेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button