
२२ साउन २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । कोरोना संक्रमण नियन्त्रणका लागि झापामा जारी निषेधाज्ञा साउन भर लब्याइएको छ ।
जिल्लामा बिहीबार बसेको डिसीएमसीको बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाद्वारा शुक्रबार साउन भरका लागि निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाको स्वरुपमा खासै परिवर्तन गरिएको छैन् । यस अघि निषेध गरिएका सबै क्षेत्र यथावत रहेको थाहा भएको छ ।
विहान ६ बजेदेखि ८ बजेसम्म साविक सञ्चालनमा आएका हरियो तरकारी, फलफुल, दुध, अण्डा, मासु तथा मासु जन्य पदार्थका पसलको अवधि एक घण्टा बढाएर ९ बजेसम्म कायम राखिएको बुझिएको छ ।
सोही अवधिमा खाद्यान्नका पसलसमेत खोल्न दिइने उल्लेख छ । यसका साथै कृषि तथा पशुपंक्षी आहार पसल विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिइने बताइएको छ ।



