स्वास्थ्य

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

२२ श्रावण २०७८

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सोही अवधिमा थप ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको छ । ६ हजार १८२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २९९ जना र ९ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ४३० जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो।

हाल देशभर ३४ हजार ९४२ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button