मूल खबरस्वास्थ्य

पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु ,१ हजार ७२२ जना कोरोनाबाट मुक्त

२३साउन २०७८
चौतारी पोष्ट अनलाइन
ललिपुर ।

पछिल्लो २४ घण्टामा थप ३२१८ जनामा कोरोना भाइूरस संक्रमण पुष्टि भएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा ८८६६ नमूना पिसिआर परीक्षण गर्दा २२३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। आज थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button