सृजनाको चौतारी

मन पर्यो

गजल
मलाई उनले लगाएको सारी मन पर्यो
उनलाई मेरो चुस्स कालो दारी मन पर्यो ।
मिठो मुस्कानसँगै हेराइ आँखा जुधेपछि
हजारौंको लहरमा तिनै नारी मन पर्यो ।
ससुराली नियालेर चट्ट बसी हेर्दा खेरि
घर परिवार सँगै थोरै बारी मन पर्यो ।
भान्साघरका मेजमानमा बोलीचालीभित्र
उनले दिएको मिठोखाना भारी मन पर्यो ।
सबै सबै भन्दापनि एक मनको चाहाना
निश्चल चोखो भावना मनकारी मन पर्यो ।
ढाकानाथ खतिवडा
माइजोगमाइ,इलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button