
२६ साउन २०७८
चौतारी पोष्ट अनलाइन
काठामाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्ना पार्टीका केही नेताहरूअहिले मन्त्री पाउँला र खाउँला भनेर यहाँका पछि कुदेका छन्,’ हिरिक्क भएका छन् बिचराहरु मन्त्री खानलाई ।’
बिहान बेलुका मन्त्रीका लागि देउवाको चाकडी गरेको भन्दै उनले आफ्नो दलमा अलिकति घाटा भए पनि सहने पनि बताए । ‘यति त गराइसक्नुभयो, पछि त लगाइ सक्नुभयो,’ओलीले भने, ‘पछि पछि हिँड्या छन् हिँड्या छन् । कुदेका छन् । फ्याँ फ्याँ र स्याँ स्याँ गरेका छन् । मन्त्री खान पाउँ भनेका छन् । बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुहोस् प्लिज । मेरो दलमा अलिकति घाटा भए पनि सहुँला’ ।



