खबर

माओवादी केन्द्रको वडा कमिटी गठन

२६ साउन २०७८
मेचीनगर । नेकपा (माओवादी केन्द्र) मेचीनगरको ५ नं वडा कमिटी गठन भएको छ ।
माओवादी कार्यकर्ता ज्ञानेन्द्र घिमिरेका अनुसार शंकर कटवालको अध्यक्षतामा गठन भएको सो कमिटीमा सचिवमा दधिराम उप्रेती रहेकाछन् भने सदस्यहरुमा क्रमशः निर्मला खापाङ्गि,समारु राजवंशी, सविता अधिकारी, सेकेन धिमाल, गोक राजवंशी ,अम्बिका बस्नेत , राजन राजवंशी ,उमेश उप्रेती, पुण्य ढुंगाना,पार्वत वि क, कविराज गिरि(हरी)र टिकाराम कट्टेल(हरी)रहेकाछन् । सो कार्यक्रममा माओवादी केन्द्रका स्थानीय र जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नव गठित कमिटीलाई उपस्थित माओवादी केन्द्रका नेताहरुले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button