
गजल
जिन्दगी नै कुहिरो बीचको काग जस्तो भयो
मनमा सधै अदृश्य डर दाग जस्तो भयो ।
केही गरौ अल्छी लाग्छ जाँगर छैन तनमा
कोरोना कहर रिसाएको नाग जस्तो भयो ।
गैडा मार्थे कमाइ खातिर सोझो देख्थेँ पशु
मान्छे अहिले त्यही गैडाको खाग जस्तो भयो ।
काम गयो भेटघाट टुट्यो भयो लथालिङ्ग
बिना सुरताल संगीतको राग जस्तो भयो ।
कुन बेलामा कता बाट ह्वात्तै आउँछ काल
लुतुक्क भइ ओइलाएको साग जस्तो भयो ।
मनमा सधै अदृश्य डर दाग जस्तो भयो
जिन्दगी नै कुहिरो बीचको काग जस्तो भयो ।।
माइजोगमाइ,इलाम


