साउन २९, २०७८
एजेन्सी – वेस्टइन्डिजले पाकिस्तानसँगको पहिलो टेस्ट खेलमा ब्याटिङमा कमजोर सुरुवात गरेको छ । उत्कृष्ट बलिङका साथ पहिलो दिन पाकिस्तानलाई मध्यम योगफलमै रोकेको वेस्टइन्डिज पहिलो दिनको समाप्तिमा ४ ओभरमा २–२ को कमजोर अवस्थामा छ । पहिलो इनिङमा वेस्टइन्डिज २ सय १५ रनले पछि छ ।
दोस्रो दिन वेस्टइन्डिजका कप्तान क्रेग ब्रेथवेट एक र रोश्टन चेश शून्यबाट सुरुवात गर्ने छन् । किरन पोवेल र नकु्रमाह बोनर दुबै खाता नखोली आउट भए। मध्य गतिका बलर मोहम्मद अब्बासले तेस्रो ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका थिए ।
त्यसअघि सबिना पार्क जामिकामा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान पहिलो इनिङमा ७०.३ ओभरमा २ सय १७ रनमा अल आउट भयो । पाकिस्तानका फवाद आलमले १ सय १७ बलमा ६ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिए ।
कप्तान बाबर आजम ३०, फहिम अशरफ ४४, मोहम्मद रिजवान २३, अजहर अली १७, हसन अली १४, इमरान बुट १७ र आबिद अली ९ रनमा आउट भए। वेस्टइन्डिजका जेसन होल्डर र जयडेन शेल्सले समान ३–३ विकेट लिए । केमार रोच २ र काइल मेयर्सले १ विकेट लिए ।hamrokhelkud/from



